एमाले काभ्रेको निर्वाचन कार्यक्रम सुरुः उम्मेदवारी दर्ता आज, मतदान भोलि

नेकपा एमाले काभ्रेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचन कार्यक्रम अनुसार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । आज साँझ ६ः१५ देखि ८ः१५ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण हुने निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारको दरखास्त फारम दर्ता ७ बजेदेखि ९ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली आजै राति ११ बजे प्रकाशन हुनेछ । भोली जेठ ३० गते विहान ७ बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ७ः३० देखि ८ बजेसम्म उजुरी उपर छानविन र निर्णय, ८ बजेदेखि ८ः१५ सम्म उम्मेदवारको नामावली पुःन प्रकाशन, ८ः१५ देखि ९ बजे उम्मेदवारको नाम फिर्ताको समय तय गरिएको छ । यस्तै १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने मध्यान्ह १२ बजेबाट मतदान सुरु गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनका लागि १३ वटा पालिकाबाट ८० जना सदस्यहरु हरेक पालिकाबाट एक÷एक जना युवा, ३३ प्रतिशत महिला सहित जिल्ला कमिटी सदस्य निर्वाचित हुनेछन् । भुगोलबाट प्रतिनिधित्व गर्ने सबै पदमा सर्वसम्वतीको प्रयास भुगोलकै नेताहरुले गर्नेछन् ।
सर्वसम्वत नभएमा मात्रै निर्वाचन प्रकृयाबाट छनौट हुनेछन् । ५ पदाधिकारीमा अनिवार्य एक जना महिला निर्वाचित हुनु पर्नेछ । त्यस्तै समावेशी समुहबाट ११ जना, खुल्ला सदस्यहरुमा दुई युवा, ३ महिला र बाँकी खुल्ला क्षेत्रबाट निर्वाचित हुनु पर्नेछ । एमालेले यो पटक कमिटीमा अनिर्वाय १५ प्रतिशत युवाहरुको सहभागिताका लागि विद्यानत ब्यवस्था गरेको छ ।
