पौराणिक जात्रा, आधुनिक समाज
जयदेश श्रेष्ठ
समय बदलियो । परिस्थिति बदलियो । सदियौँ देखि चलेको पनौतीको जात्रा ज्यापुन्ही परिबेश बदलिएको छैन । नेवारी बस्तीहरूमा मनाउने काठमाडौँको इन्द्रजात्रा,ललितपुर मछिन्द्रनाथको जात्रा, भक्तपुर लगायत साँगा, श्रीखण्डपुर लगायत सात गाउँमा हुने बिस्का: जात्रा, साँखु जात्रा,बनेपा जात्रा विभिन्न ठाउँको जात्रा मध्ये झन्डै अन्तिम समयको जात्रा पनौतीको हो ।
किसानहरूका लागी सबै भन्दा लामो दिन हुने ज्यापुन्हीमा जात्रा सकेर पाहुनाहरूमा विशेष ज्वाइँ समेतलाई खेतमा काम गराउने किसानको महत्वका रूपमा पनौती जात्रालाई लिइन्छ। पानी परे पनि छाता ओढ्न नपाइने जात्रामा तामाङ समुदायको बाहुल्यता हुने गर्दछ । घुम, लिचीको व्यापार हुने जात्रा सकिए पछि रोपाइँलाई प्राथमिकता दिने हुनाले पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ जात्रा हेर्न आउने तामाङहरू रोपाइँको लागि खेताला हुने हुनाले पनौतीमा किसानहरूको बाहुल्यता रहेको बुझिन्छ । त्यसैले यो जात्राको नाम पनि ज्यापुन्हि रहन गएको छ ।
आज भोली जात्राको परिवेश बदलिएको छ । किसानहरू होइन पनौती सहर आधुनिकतामा बदलिएको छ। परिवेश सँगै परिस्थिति बदलिएको छ। पनौतीवासीहरू किसान मात्र होइन आधुनिकता सँगै व्यापार, व्यवसायमा बदलिएका छन । अनेक ठाउँबाट आउने सडक व्यापारीहरूको भिडले बाटो खचाखच भरिएका हुन्छन् । उन्मत्त भैरवको रोमान्टिक कथामा जोडिएको यस जात्रा हेर्न टाढा टाढाबाट मानिसहरू आउने गर्दछन । पनौतीले कला संस्कृति सम्पदाहरू विश्व सम्पदामा समावेश गराउने पहलका साथ स्थानीय जात्रा,मेला पर्वहरू पनि पनौतीवासीले जगेर्ना गर्दै आएका छन ।
पनौतीको अर्थ पाइला राख भन्ने जनउक्तिले पनौतीको १२ बर्षे मेलामा सहभागी हुन नपाएकाहरू पनौतीको जात्रा हेर्न पुगेका हुन्छन । रमणीय पर्यटकीय स्थलको रूपमा विकास भएको यस पनौती नगरमा जात्रा सँगै विभिन्न साङ्गीतिक कार्यक्रम र ऐतिहासिक प्रदर्शनी गर्दा पनौतीको जात्रा हेर्न जो कोहीले छुटाउँदैन ।