असल जीवनको लागि योग

मिलन भक्त श्रेष्ठ
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सम्पूर्ण पाठक एवं महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।अहिले सर्वव्यापी रुपमा दैनिक योग अभ्यास गर्ने जागरण छाएको छ र यसले गर्दा योग अभ्यास गर्ने मान्छेहरुमा स्वस्थ रहनुपर्छ, आफू–आफूमा अनुशासनमा बस्नुपर्छ र अनुशासित ढंगबाट जीवन बिताएमा योगी जीवन, स्वस्थ जीवन, आनन्दमय जीवन, खुसीमय जीवन बाँच्न सकिने रहेछ भन्ने ज्ञान फैलिएको छ । आफूले आफूलाई दैनिक विहानको एक घण्टादेखि डेढ घण्टा समय छुटयाएर दैनिक योग अभ्यास गरेमा तनाव मुक्त जीवन, चिन्तनमय जीवन र लोभलालचमुक्त जीवन जीउन सकिन्छ । यस कार्यम ादैनिक योग अभ्यासले सहयोग पु¥याएको छ । दैनिक योगले सकारात्मक चिन्तनको विकास भई सुन्दर कर्म तर्फ मन लाग्छ, मन पवित्र रहन्छ, पवित्रमनमा ईश्वरको बास हुन्छ । योग अभ्यासलेनै मान्छेको गुण राम्रो बनाउँछ । यसले आफ्नो सामथ्र्यमा विश्वास गर्न सहयोग गर्छ । सकारात्मक सोच राखेर आफैमा विश्वास गर्दा आफूमा रहेका दुविधाहरु हट्ने र शान्तमय, सुखीमय जीवन बाँच्न सहज भएको हुन्छ ।
योग, ध्यान र प्रणायामले जिम्मेवारी, कर्तव्य र दायित्वप्रति सजग रहन सहयोग पुग्छ । यसले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउछ । ध्यानले आफ्नो असफलतालाई स्वीकारेर आफ्नो सिकाई र बुद्धिको विकासगर्न सघाउँछ । आफूलाई लागेको धक्का र चुनौतीलाई मनन गरी धैर्य गर्न सिकाउने र बास्तविक सफल जीवनको लागि सहयोग पु¥याउने काम पनि योग, ध्यान र प्राणायामले नै गर्छ । तसर्थ आजको समयमा सम्पूर्णव्यक्तिले दैनिक योग अभ्यासलाई अंगाल्नु अपरिहार्य भएको छ ।
योगाभ्यासले विचार केन्द्रिकृत हन्छ, मन छरिन दिदैन । मन नछरिएर विचार केन्द्रिकृत भएपछि जुन काममा हातहाले पनि सफलता प्राप्त गर्न सकिन्छ । विद्यार्थीहरु पढाईमा, व्यापारीहरु व्यापारमा, उद्योगीहरु उद्योगमा लगनशिल भएर लाग्न सक्छन् । त्यसबाटआफूले अँगालेको जुन पेशा हो, त्यसको बढोत्तरी हुन्छ र मान्छ सफल बन्छ । उद्देश्यपवित्र राख्न योगाभ्यासले नै सिकाउछ । पवित्र उद्देश्यले त्यसप्रतिको कर्मलाई स्वच्छ बनाउँछ । स्वच्छकर्म र निश्वार्थ भावना नै आफ्नो र समाजको हितका लागि अपरिहार्य हुन्छन् । त्यस्तो कर्म र भावना भएको व्यक्ति समाजको आदर्श बन्दछ । तसर्थ आफूलाई समाजको आदर्श र अनुकरणीय व्यक्तिका रुपमा प्रस्तुतगर्न पनि योग, ध्यान, र प्राणायामको आवश्यकता पर्दछ ।
योगासनलाई शारीरिक स्वस्थताका दृष्टिले मात्रै हेर्नु हुँदैन । यो त जीवलाई शिवसँग जोड्ने माध्यम पनि हो । हामी साधारण जीव हौँ । यसअघिका राम्रा–नराम्राकर्मले हामीलाई बन्धन दिन्छ । राम्राकर्मले बन्धन खुकुलो पारिदिन्छ । मनुष्यको मूलउद्देश्य नै कर्मबन्धनबाट मुक्त भएर स्वच्छ र पवित्र बन्नु हो, फेरी–फेरी नराम्राकर्महरु गर्नुनपर्ने अवस्थामा पुग्नु हो । हामी त्यसैलाई मुक्ति भन्छौँ, निर्वाण भन्छौ, मोक्ष भन्छौं । मुक्ति, निर्वाण वा मोक्षको अवस्थामा हामीलाई पु¥याउने एउटा माध्यम योग, ध्यान र प्राणायाम पनि हो । त्यसैले यस्तो कृया गर्नु अपरिहार्य छ । यसैबाट हामी समस्त नराम्राकर्मबाट छुट्कारा पाउन सक्छौँ ।
हामी प्राचिन ग्रन्थहरुमा ऋषिहरुले हजारौँ वर्ष तपस्या गरेको कुरा पढ्छौँ । एक सय वर्ष त बाँच्न नसक्ने मान्छेले हजारौँ वर्ष सम्म कसरी तपस्या गरेको होला भनेर हामीलाई आश्चर्य लाग्छ पत्याउन मुस्किल पर्छ । तर प्राणायाम गर्ने, लामो समयसम्म सास रोक्ने अभ्यासगर्न थालेपछित् यो कुरा सत्य रहेछ भन्ने लाग्न थाल्छ । योगले ध्यान बढाउँछ, ध्यानले प्राणायाममा सघाउँछ, प्राणायामले लामो जीवन दिन्छ । यो ज्ञान हामीले पाएका त छौँ, तर प्रयोग गर्न चाहि सकेका छैनौँ ।
हामी योग गरौँ, ध्यान गरौँ र प्राणायाम गरौँ अनि स्वस्थ बनौँ । आदर्श बनौँ, सफल र असल बनौँ । मृत्युपछि मोक्ष प्राप्त गरौँ । (लेखक पंतजलि योग समिति काभ्रेका सदस्य तथा सञ्चार प्रभारी हुनुहुन्छ ।)