उग्रतारा कराँते डोजोले गर्‍यो बेल्ट प्रमोशन टेष्ट

बनेपा/उग्रतारा कराँते डोजोले प्रशिक्षण दिईरहेका खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट गराएको छ । नेपाल कराँते महासंघ काभ्रे शाखाका अध्यक्ष प्रताप बैद्यको प्रमुख आतिथ्यतामा खेलाडीहरुलाई बेल्ट प्रमोशन टेष्ट गराईको हो ।

अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर खड्का, नेकपा एमालेका उप सचिव रत्नकुश रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला रेफ्रि कमिसन काभ्रेका संयोजक श्यामसुन्दर कुँवर, प्रमुख प्रशिक्षक नवराज मानन्धर, प्रशिक्षक कविरकुमार रञ्जित, नेपाल सितेरियो कराँते डो काभ्रेका अध्यक्ष सुरेश कारञ्जित, उग्रतारा डोजोका उपाध्यक्ष दिपक पण्डित क्षेत्री, पतञ्जली योग समिति उग्रताराका भुवन सिं कुँवर, राष्ट्रिय निर्णायक सुरेश मानन्धर, सुरज केसी लगायतले खेल र खेलकुदले मानव जीवनमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रताप बैद्यले खेलकुदले अनुशासन, अनुशासनले जीवन जिउने कला सिकाउने बताए । अभिभावकहरुले दिएको वातावरणमा बालबालिकाहरुले सिप सिक्ने अनि ब्यक्तिगत र सामाजिक जिवन सहज र सरल बनाउन अनुशासित बनाउन बैद्यले सुझाव दिए ।

कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर खड्काले वडा कार्यालय मार्फत हरेक खेललाई प्रोत्साहन गर्ने लक्ष्य अनुरुप कराँतेलाई निशुल्क हल, कार्यालय तथा अन्य ब्यस्थापकीय कार्यमा सहयोग गरेको बताए । उप सचिव रत्नकुश रञ्जितले नगरपालिकाले प्रत्येक वडामा खेलकुदका लागि कर्भड हल निर्माण गर्नु पर्ने बताए ।

बेल्ट प्रमोशन टेष्टका लागि छनौटमा परेका १८ जनालाई ह्वाईट बेल्टबाट अरेन्ज वेल्ट प्राप्त गरेका छन् भने २९ जनालाई अरेन्जबाट पर्पल र ग्रिन बेल्ट प्रदान गरिएको छ । उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा साया श्रेष्ठ प्रथम, विनिता तामाङ दोश्रो र विमोस भुजेल तेश्रो भए ।

सोहि अवसरमा काभ्रे उद्योग बाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित प्रताप बैद्य, सदस्य गौतम मानन्धर, नेकपा एमाले काभ्रेको उप सचिव पदमा निर्वाचित रत्नकुश रञ्जित र सदस्य चन्द्रबहादुर खड्कालाई बधाई तथा शुभकामना दिदै सम्मान गरिएको थियो । दैनिक ७०–८० जना बालबालिकाहरुलाई प्रशिक्षक नवराज मानन्धर लगायतले कराँते सिकाउँदै आएका छन् ।