साउदी अरेबियामा दोस्रो एनआरएनए गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न
बिष्णु घिमिरे/साउदी
साउदी अरेबियामा दोस्रो एनआरएनए गोल्डकप फुटबलमा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी किंरात राई यायोक्खा एफसीले हात पारेको छ ।
संस्थाले ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल नाराका साथ आयोजना गरेको फुटवल प्रतियोगितामा किंरात राई यायोक्खा एफसीले फाइनलमा जोयमह एफसी लाई ३–१ गोलको अन्तरले हराउदै उपाधि जितेको हो । जित संगै टोलिले २ लाख ३३ हजार ३ सय १० नेपाली रूपैयाँ सहित मेडल हात पारेको छ ।
युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई ४–० गोल अन्तरले पछी पार्दै तृतीय भएको थियो । द्धीतीय हुने टोलिले १ लाख १६ हजार ६ सय ५५ रूपैयाँ र तृतीय हुने टोलिले ५६ हजार पांच सय ६० रूपैयाँ सहित मेडल हात पारेका छन भने प्रतियोगितामा उत्कृष्ट प्लेयर, उत्कृष्ट खेलाडीलाई सम्मान सहित मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिता फिफा नियम अनुसार नकआउट विधिबाट खेलाइएको थियो । प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
पहिलो , दोस्रो र तेस्रो हुने टोलीलाई बाणिज्य दुत शत्रुध्वन पोखरेल, साउदीका लागि पर्यटन दुत राजेन्द्र अर्याल एनआरएन अध्यक्ष रबिना अर्याल लगाएत संस्थाका प्रतिनिधिहरुले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताबाट बचेको रकम पिडीत उद्धार कोषमा सहयोग गर्ने आयोजकले जानकारी दिएको छ।