नेकपा एमाले काभ्रेः निर्वाचितलाई सपथ, स्वंसेवकलाई धन्यवाद

नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनमा निर्वाचित जिल्ला कमिटी र लेखा समितिलाई निर्वाचन आयोगले सपथ गराएको छ । अध्यक्ष राजन भुर्तेललाई निर्वाचन आयोगका संयोजक यज्ञप्रसाद पाण्डेले सपथ गराए भने अध्यक्ष भुर्तेलले निर्वाचित सबैलाई सपथ गराए ।

अधिबेशनमा बराबरी मत प्राप्त गर्ने रोशी गाउँपालिकाको भुगोल तर्फका युवा गोविन्द उप्रेती र मिलन सागर लामा, जनजाति तर्फका घनश्याम तामाङ र राम लामालाई गोला प्रथाबाट जिल्ला कमिटी सदस्यमा छनौट गरिएको थियो । गोलाबाट राम लामा र गोविन्द उप्रेती चयन भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
अधिबेशनमा निर्वाचितहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो । अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप सचिवद्धय सुर्यमाया दनुवार र रत्नकुश रञ्जित निर्वाचित भएका थिए । लेखा समितिको संयोजकमा सत्यनारायण सापकोटा निर्विरोध भएका थिए ।

सपथ ग्रहण समारोहमा अधिबेशन सफल बनाउन अहोरात्र खटिने युवा स्वयसेवकहरुलाई प्रशंशापत्र सहित धन्यवाद दिएको थियो ।
