धुलिखेलमा स्वास्थ्य स्वयंम सेविकाहरुका लागि आधारभुत तालिम

धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेले बागमती प्रदेश सरकारको कार्यक्रम अन्र्तगत धुलिखेल नगरपालिका भित्र रहेका आधारभुत तहको तालिम नलिएका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुका लागि धुलिखेल नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको संयोजनमा १० दिने आधारभुत तालिम सकिएको छ । तालिमको समापन मंगलबार हुनेछ । तालिमको उद्घाटन जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपति श्रेष्ठले गरेकी थिईन् ।

धुलिखेल नगरपालिका वडा नम्वर ४ को आधारभुत स्वास्थ्य संस्था बखुण्डोलमा आयोजित कार्यक्रममा २० जना स्वयंम सेविकाहरुको सहभागिता रहेको छ । प्रशिक्षकद्धय नवराज दाहाल र बलराम पौडेलले नियमित प्रशिक्षण दिईरहेका छन् भने स्वास्थ्य संस्था प्रमुखहरुले पनि स्वास्थ्य क्षेत्रका बारेमा प्रशिक्षण दिएको बखुण्डोल स्वास्थ्य संस्था प्रमुख हेमा संग्रौलाले बताईन् ।

ब्यक्तिगत घटना दर्ता, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंसेविका कार्यक्रम, स्वास्थ्य आमा समुह, संचार, प्रजनन स्वास्थ्य, प्रजनन रुग्णता, परिवार योजना, जेष्ठ नागरिक, सुरक्षित मातृत्व, यौजन तथा यौनजन्य रोग, सुरक्षित गर्भपतन, किटजन्य रोगहरु, नवजात शिशु स्याहार तथा बालरोग एकिकृत ब्यवस्थापन, खोप,पोषण, किशोरावास्था र महिनावारी स्वास्थ्य तथा सरसफाई, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरु, ब्यक्तिगत सरसफाई, जनस्वास्थ्य अभियानहरु, अभिलेख तथा प्रतिवेदन, प्राथमिक उपचार र प्रेषण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र वातावरणीय सरसफाईका बारेमा जानकारी लिएका छन् । तालिम समापनमा धुलिखेल नगरपालिका, जनस्वास्थ्य कार्यालय, वडा कार्यालय तथा नगरपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।

तस्बिरहरुः