काभ्रेका १३ वटै पालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरे नीति तथा कार्यक्रम र बजेट

लक्ष्मण तिमल्सिना
बनेपा
संवैधानिक ब्यवस्था अनुसार असार १० गते स्थानीय सरकारले अनिवार्य रुपमा ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट जिल्लाका अधिकांश पालिकाहरुले प्रस्तुत गरेका छन् । यस अघि नै असार ५ गते धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट, नीति तथा कार्यक्रम पास गरिसकेको थियो भने पनौती नगरपालिकाले असार ९ गते हिजो आईतबार नीति तथा कार्यक्रम पास गरी बजेटको अंक मात्रै प्रस्तुत गरेको थियो । नमोबुद्ध नगरपालिकाले पनि यस अघि नीति तथा कार्यक्रम पास गरेको थियो । बजेट भने असार १० गते प्रस्तुत गरेको छ ।
आज सोमबार असार १० गते बनेपा, बेथान्चोक, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटको अंक प्रस्तुत गरेका छन् । अधिकांश पालिकाहरुले गत वर्षको भन्दा कम अंकको बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहको अधिकांश योजना पूर्वाधार निर्माणमा देखिएको छ । तोकिएका कार्यक्रम बाहेक अधिकांश स्थानीय तहहरुले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।
बनेपा नगरपालिकाले १ अर्ब २५ करोड, पनौती नगरपालिकाले १ अर्ब ६० करोड, बेथान्चोक गाउँपालिकाले ६४ करोड १२ लाख, महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
बनेपा नगरपालिकाको नगर सभा र बेथानचोक गाउँपालिकाको गाउँ सभाका तस्बिरहरुः








