धुलिखेलमा मदन जन्मजयन्ती समारोह

धुलिखेल÷पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा धुलिखेलमा मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा ७३ औं मदन जन्मजयन्ती मनाईएको छ ।
पुर्व राष्ट्रिपति भण्डारी मदन भण्डारीका धर्मपत्नि पनि हुन् । उनी फाउण्डेशनको संस्थापक अध्यक्ष छिन् । भण्डारीले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित काभ्रे भन्ज्याङ्गमा धुलिखेल नगरपालिकाले निर्माण गरेको पुर्ण कदको मदन भण्डारीको शालिकमा माल्र्यापण गरिन् । माल्यार्पण पछि बृक्षारोपण लगत्तै धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित जन्म जयन्ती समारोहमा भाग लिईन् । कार्यक्रममा मदनसँग सम्वन्धित ४७ मिनेट लामो डकुमेन्ट्रि प्रर्दशन गरिएको थियो ।
सभामा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गल, केन्द्रिय कमिटी सदस्य नविना लामा तथा एमाले काभ्रे जिल्ला कमिटीका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, अध्यक्ष राजन भुर्तेललगायतका नेताहरुले सम्बोधन गर्दै मदन भण्डारी र उनको सम्झनाका साथै जनताको बहुदलिय जनवादका विषयमा धारणा राखेका थिए । फाउण्डेशनका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रिता ढकालको स्वागत र विपिन लामाको संचालन रहेको थियो ।

कार्यक्रममा नगर, वडा तथा जनबर्गिय कमिटी र सर्वसाधारणको समेत सहभागितामा पुर्व राष्ट्रपति भण्डारीले मदनसँगको सामिप्यता र अनुभुति राजनीतिक, देश र ब्यक्तिगत सम्वन्धका बारेमा धारणा सुनाउनेछिन् । २००८ सालमा जन्मिएका मदन भण्डारीको ७३ औ जन्म जयन्तीका अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गरेको छ ।