‘एमाले भित्रको विवाद मिलाउन धेरै प्रयत्न गरें, सकिन’–पुर्व राष्ट्रपति भण्डारी

विकास तिमल्सिना
धुलिखेल
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने संकेत गरेकी छिन् । धुलिखेलमा आयोजित जननेता मदन भण्डारीको ७३ औ जन्मजयन्ती समारोहमा बोल्दै मदन भण्डारीको धर्मपत्नि समेत रहेकी विद्यादेवीले राजनीतिलाई ब्यवसायका रुपमा नलिन आग्रह समेत गरिन् ।

‘मैले राष्ट्रपति हुँदा एमाले भित्रको विवाद मिलाउने प्रयत्न गरें । त्यो एमालेका लागी थिएन, राष्ट्रका लागि थियो । तर पनि सम्भव भएन । किन झगडा गर्नु ? घर भित्र झगडा । पार्टी भित्र झगडा । यसले देश र राष्ट्रलाई फाईदा पु¥याउँदैन । राजनीति कुनै ब्यवसाय नभएकाले जनताद्वारा अनुमोदित हुनु पर्ने ब्यवस्था छ’–पुर्व राष्ट्रपति भण्डारीले भनिन–‘आत्मकेन्द्रित भएर नसोचौ । राष्ट्रकेन्द्रित भएर सोचौं । नेकपा एमाले भित्र पनि त्यस्तो भएको छ । मदन भण्डारीको मृत्यु राष्ट्र र एमालेका लागि शोक हो । दुख हो । कार्यकर्ताहरुले शोक र शक्तिमा बदल्दै अघि एमालेलाई बढाएका छन् । एमाले पटक पटक विभाजन भएर देशलाई घाटा लागेको छ ।’

‘मुलुक अहिलेकै अवस्थाबाट साम्यबाद पुग्न सकिदैन । जनताको बहुदलिय जनवादलाई ब्यवहारत कार्यान्वन गर्न राष्ट्रिय पुँजी भन्दा दलाल पुँजी फस्टाउँदो छ । युवा शक्ति पलायन हुँदैछ । उद्यमता खै ? उद्योग नखोल्ने, कमिसन खाएर ब्यवसाय गर्दैमा साम्यबाद पुग्न सकिन्छ र ?’–पुर्व राष्ट्रपति भण्डारीले भनिन–‘विकासका ठुला ठुला परियोजनाहरु संचालन गरौं । सुरुङ्गमार्ग खोलौं । केवुलकारको विकास गरौं । सुखी नेपाली र समृद्ध नेपालका लागि विकासका आयामहरु ल्याउँ । राष्ट्रको विकासका लागि मिलौं । जुटौं । टुटफुट गरेर ¥याई¥याई नगरौं ।’ मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा धुलिखेलमा जन्मजयन्ती समारोह मनाईएको हो । लामो समय पछि खुल्ला भएर बोल्न पाउँदा खुशी लागेको उनले बताईन् । बोल्छु भन्ने सोच भएर जाँदा बोल्न नपाएको बोल्दिन भनेर गएको स्थानमा बोल्नु पर्दा पनि आनन्द आएको उनले टिप्पणी गरिन् ।

राष्ट्रपति हुँदा पनि काभ्रेको नालामा रहेको ब्रम्हा पार्क, धुलिखेल अस्पताल लगायतका विभिन्न स्थानमा आउँदा विगतको स्मरण रहेको सम्झँदै पुर्व राष्ट्रपति भण्डारीले भुकम्पका बेला पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा काभ्रेका विभिन्न पालिका र वडाहरु पुगेको, अनेमसंघमा रहँदा सँगै काम गरेका धेरै नेता कार्यकर्ताहरु भेटेर खुशी भएको बताईन् ।