एसईईमा ४ जीपीए ल्याएर जिल्ला प्रथम स्मृतिलाई विद्यालयले गर्यो सम्मान

बनेपा/ काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं.४ नालाको लिंकन इन्टरनेशनल स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएर जिल्लाको उत्कृष्ट नजिता ल्याउने स्मृति श्रेष्ठलाई सम्मान गरेको छ । बिहिबार सार्वजनिक भएको एसईई परीक्षाको परिक्षाफलबाट  ४ जिपिए ल्याएकी छात्रा स्मृतिलाई विद्यालयले सम्मान गरेको हो ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक क्षेत्रमा ध्यान दिने गरेको विद्यालयका प्रिन्सिपल सुन्दर श्रेष्ठले बताए । मेहनत अनुसार जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी भन्दै अभिभावक गौमत श्रेष्ठले आफ्नो छोरीको उत्कृष्ट नतिजाले निकै खुसी भएको बताए । छात्रा स्मृतिसँगै लिंकन पनि उत्कृष्ट भएको संस्थापक निर्मला श्रेष्ठले बताइन् ।

वि.सं.२०५२ सालमा स्थापना भएको ज्ञानज्योति ईङ्लिस बोर्डिङ नामबाट संचालन भएको यस विद्यालयको पछि नाम परिवर्तन गरि लिंकन इन्टरनेशनल स्कूल राखिएको हो । एसएलसीमा सहभागी भएदेखि नै निरन्तर रुपमा नै उत्कृष्ट नतिजा ल्याउँदै आएको यो सफलता पनि उत्कृष्टताको निरन्तरता भएको विद्यालय व्यवस्थापनका अध्यक्ष उपेन्द्र सापकोटाले बताए । उनले भने स्कूलले निरन्तर एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यो वर्षको नतिजा अझै उल्लेखिनिय छ अब यो निरन्तरताको लागि हामी अझै लाग्ने छौं ।

जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको भन्दै बधाई ज्ञापन गर्दै धिमे बाजा सहित नाला परिक्रमा गरिएको थियो । यस वर्ष विद्यालयबाट १९ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका थिए ।