डेंगु रोकथाम तथा नियन्त्रणका लागि पनौतीमा सरोकारवालासँग अन्तरक्रिया

डेंगु रोकथाम तथा नियन्त्रणका लागि पनौती नगरपालिकाले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारी,उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी, सिनियर अधिकृत पुरुषोत्तम तिमल्सिना, अनिल ढुंगेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यचौकी इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।

पनौती नगरपालिकामा स्थायी ठेगाना भएका २५ जनामा डेंगु संक्रण देखिएको पनौती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले जनचेतनामुलक कार्यक्रम गरिहेको स्वास्थ्य शाखा प्रमुख जनक केसीेले जानकारी दिए । सरोकारवालासँगको छलफलपछि एक÷दुई दिनमै जोखिमयुक्त क्षेत्रको पहिचना, हालसम्म भएका प्रयास र आगामी योजना सार्वजनिक गर्ने उनको भनाई छ ।

नगर प्रमुख रामशरण भण्डारीले अभिमुखीकरण कार्यक्रमपछि सचेतनाका लागि टोलटोलमा पुग्ने योजना रहेको जानकारी दिए । समय समयमा स्वास्थ्य परिक्षण गर्न उनको आग्रह छ । यस्तै उप–प्रमुख गिता बञ्जाराले वडा बाल सञ्जाल लगायतका निकायसँग समन्वय गरेर घर–घरमा सचेतना पुर्याउने गरी काम गर्ने बताइन् । लाम खुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने प्रमुख उपाय हो । आफ्नो घरवरी परीको सरफाईमा ध्यान दिन चिकित्सकले सुझाव छ ।