काभ्रेपलाञ्चोक जिल्लामा भत्ता प्राप्त गर्ने ४४ हजार जेष्ठ नागरिक, बार्षिक १ अर्ब ७८ लाख भुक्तानी

मदानी विट
धुलिखेल
सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उमेर घटाउँदै लगे पछि राज्यको ब्यवहार थपिदै गएको छ । कसै कसैले दोहोरो, तेहोरो समेत राज्यबाट सुविधा लिएको गुनासो आउन थालेको छ । केहि ब्यक्तिले मृत्यु भईसकेका ब्यक्तिहरुको हकमा समेत सामाजिक सुरक्षा भत्ता लिईरहेको, केहिले फरक फरक स्थान र नागरिकता नै अलग अलग बनाएर सुविधा लिईरहेको गुनासो आईरहेका छन् ।
सरकारले त्यस्ता दुरुपयोग रोक्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्रको नम्वर मार्फत फोटो खिचाउने क्रममा लिईने रेटिना र औठा छापको माध्यम प्रयोग गर्ने योजना पुर्व तयारी विना घोषणा गर्दा प्रशासन कार्यालयमा दैनिक जेष्ठ नागरिकहरुको भिड लाग्ने गरेको छ ।
६० वर्ष देखि माथि उमेर समुहका अधिकांश ब्यक्तिहरुलाई पालिकाहरुले जेष्ठ नागरिकको परिचयपत्र उपलब्ध गराउनेछन् भने ६८ वर्ष भन्दा माथिका नागरिकहरुलाई भत्ता पाउने गरी नामावली सुचिकृत गर्ने गरेका छन् । हरेक दिन ब्यक्तिले आफ्नो नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको छ भने साउन र भाद्र महिनामा नविकरण गर्नु पर्ने छ ।
बैकिङ प्रणाली मार्फत भुक्तानीको ब्यवस्था गरिएको भए पनि मृत्यु भएका जेष्ठ नागरिकहरुको समयमा सूचना नदिने, मृत्यु दर्ता समेत नगर्दा राज्य कोषको रकम ब्यक्तिको खातामा गईरहने गरेको छ । बैकले पनि ब्यक्ति जहिले आउँछ त्यहिले मात्रै भुक्तानी दिने भएकाले मृत्युको एकिन मिति खोज्ने गरेको हुँदैन । राज्यकोषको अरबौ रकम त्यस्तै प्रकृयाले चुहावट भईरहेको छ । अपाङ्गता भएका ब्यक्तिहरुले अनिवार्य रुपमा परिचयपत्र लिनु पर्ने ब्यवस्था गरिएको छ । परिचयपत्र लिन नमान्ने थुप्रै ब्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिईरहेका छन् ।
२०८० पौष मसान्तको तथ्यांक अनुसमार काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकाबाट ४४ हजार जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिएका छन् । जसमध्ये त्रैमासिक भुक्तानी भएको रकम ४४ करोड ५३ लाख छ ।
मासिक १४ करोड भन्दा धेरै रकम भुक्तानी हुने गरेको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बनेपा नगरपालिकामा ४९ सय ६० नागरिकका लागि ५ करोड रकम भुक्तानी भएको छ भने सबै भन्दा कम खानीखोला गाउँपालिकाका १२ सय नागरिकका लागि १ करोड १५ लाख भुक्तानी भएको छ ।
२०८० पौष मसान्तको त्रैमासिक भुत्तानीका समयमा कुन पालिकामा कति जेष्ठ नागरिकले लिएका छन् भत्ता ?
