नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४२ औं सभा

– १ वर्षमा ६१ हजार ३ सय ५१ लिए सेवा
बनेपा/नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४२ औं साधारण सभा उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी बैद्यले विगतदेखी नै परिवार नियोजन संघले स्वास्थ्य क्षेत्रमा राम्रो सुविधा दिदै आएको बताए । ग्रामिण भेगका समुदाय देखि शहर बजारका समुदाय सम्मलाई सेवा प्रदान गरेको उनले बताए । स्थानिय सरकार आएपछि र केन्द्र बाट समेत बजेट कटौती भएपछि आएका बिरामीहरुलाई समेत सेवादिन गाह्रो परेको बैद्यले बताए । देशका सबै शाखा मध्ये काभ्रे शाखाले उत्कृष्ट सेवा प्रदान गरी काभ्रे जिल्लाको नाम राख्न सफल भएकोमा उनले शाखालाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा संघको वार्षिक प्रतिबेदन संघका विशेषज्ञ सदस्य रुपा कर्माचार्ययले प्रस्तुत गरेकी थिईन् । सघंमा सन् २०२३ मा गर्भनिरोधक सेवा १९ हजार ३ सय ९२ जनाले, स्त्रीरोग सेवा १ हजार ५ सय ८५, एचआईभी÷एड्स सेवा ५ सय ८५, प्रसूति सेवा ५ हजार ७ सय १८, एसआरएच सेवा १ सय ६१, बालरोग सेवा ५ सय ७४, सुरक्षित गर्भपतन सेवा १ हजार २, विशेष सेवा ३ हजार ३ सय २५, एसटीआई सेवा ९ हजार ९ सय ९१, सबफर्टिलिटी सेवा ९४, यूरोलोजी सेवा २ हजार ५ सय ६२, लगाएत विभिन्न सेवाहरु गरी जम्मा ६१ हजार ३ सय ५१ जनाले सेवा लिएको कर्माचार्यले बताईन् ।
कार्यक्रममा संघको आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुनम जोशिले प्रस्तुत गरेकी थिईन् । संघको ६७ लाख ६ हजार ३८ रुपैयाँको कारोबार भएको जनाएको छ ।

कार्यक्रममा सघंका केन्द्रिय सदस्य ईन्द्र लक्ष्मी श्रेष्ठ, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, पत्तञ्जली योग समिती बागमती प्रदेशका अध्यक्ष गु्रबेन तौजले, काभ्रे उद्योग बाणिज्य सघंका अध्यक्ष प्रताप बैद्य लगाएतले शुभाकामना मन्तब्य राखेका थिए ।
त्यसैगरी परिवार नियोजन सघंका सल्लाहकार योगेन्द्रनाथ कर्मचार्य, देबेन्द्र भैल, निर्वतमान अध्यक्ष शुभराज जोशी, गणेश हिमाल तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापा, चण्डेश्वरी जेष्ठ नागरिक आश्रमका अध्यक्ष उद्धब तिमल्सिना, हृदयरोग प्रतिष्ठान काभ्रे शाखाका अधयक्ष टिका भक्त भोछिभोया, लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापति तथा परिवार नियोजन सघंका सभापति प्रकाश कायस्थले थोरै स्रोतका बाबजुद धेरैलाई सेवा प्रदान गर्न सफल भएको बताए ।
विभिन्न पालिकामा गई शिबिरहरु सञ्चालन गरेको, पाँचखालमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याई निरन्तरता दिएको बताए । कार्यक्रममा ससंघका आजिवन सदस्य प्रताप बैद्यलाई काभ्रे उद्योग वाणिज्य सघंको अध्यक्षमा निर्वाचित भएकोमा बद्याई ज्ञापन गरिएको थियो भने नयाँ आउने कर्मचारीलाई स्वागत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य विशिष्ट सदस्य विकास बैद्यले राखेका थिए ।