सडक बत्तीको बक्यौता बुझाउन पालिकालाई किस्ताबन्दीको सुविधा

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता बुझाउन पालिकालाई किस्ताबन्दीको सुविधा दिएको छ ।

प्राधिरणको सञ्चालक समितिबाट निर्णय भएअनुसार किस्ताबन्दीको सुविधाका लागि प्राधिकरणले सूचना निकालेर पालिकालाई ४५ दिनभित्र आवेदन दिन भनिएको छ।

प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी बिजुली उपभोग गरेका पालिकाले थप दस्तुरसहितको बक्यौता बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने छन् ।

सम्बन्धित पालिकालाई प्राधिकरणले नजिककैको वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन र सुविधाको उपयोग गर्न अनुरोध गरेको छ ।