जलवायु परिवर्तनको संकट टार्न बेथान्चोकको बोझाघारीमा लिफ्टिङ्ग सिंचाई, २८५ रोपनी जमिन सिंचित


‘युरोपेली राष्ट्र लक्जम्बरको एईआईएन नेपालको आर्थिक सहयोगमा संचालित सिंचाई आयोजना ग्रामिण विकास संस्थाले प्राविधिक सहयोग र समुदायको सक्रियतामा निर्माण भएको छ’– ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले भने–‘५ सय ४३ मिटर लामो लिफटिङ्ग सिंचाई आयोजनाले उक्त क्षेत्रका कृषक परिवारलाई जुनुसुकै अवस्थामा पनि सहज रुपमा खेति गर्न सहज बनाएको छ ।’ तीन महिनाको अवधीमा उक्त आयोजना सम्पन्न भएको हो । बेथान्चोक लिफ्टिङ्ग सिंचाई जल उपभोक्ता संस्थाका नाममा सम्पन्न आयोजनाको निर्माण कार्य सम्पन्न भए लगत्तै वडा कार्यालयको जिम्मेवारी र ब्यवस्थापन रहने गरी हस्तान्तरण गरिएको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले उक्त सिंचाई आयोजनाले हिउँदको समयमा पानी नभएर खेति गर्न असहज परिस्थितीलाई सहज बनाएको बताए । ‘बेथान्चोक गाउँपालिकाको धेरै जमिनयोग्य क्षेत्र मध्ये वडा नम्वर ३ को बोझाघारी फाँट महत्वपूर्ण हो’–अध्यक्ष तिमल्सिनाले भने–‘यो क्षेत्रमा खेति गर्ने समयमा पानीको अभाव हुन थाले पछि हाम्रो अनुरोधमा ग्रामिण विकास संस्थाले सिंचाई आयोजना निर्माण गरिदिएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दर्छाै ।’


आयोजनाको मुख्य श्रोत लड्कु र नारायण खोलाको दोभान हो । दोभानमा बाँध बाँधिएको छ । उक्त बाँधबाट एक हजार लिटर क्षमताको कलेक्सन च्याम्बरमा पानी ल्याईन्छ । यस्ता दुईवटा च्याम्बर निर्माण गरिएको छ । जसबाट १ सय ३६ मिटर लम्बाईको जिआई र ४ सय १७ मिटर लम्बाईको एचडिपी पाईप मार्फत पानी ल्याईनेछ । एउटा इन्टेक निर्माण गरिएको छ । सिंचाई आयोजनाका लागि पम्प क्रिसिङ्ग १२ घन मिटर र एउटा पालेघर निर्माण गरिएको छ । ८ इन्चको पाईप राखिएको छ । १० वटा पाईप सपोट पिल्लर निर्माण गरिएको ग्रामिण विकास संस्थाका प्राविधिक शिवप्रसाद तिमलिसनाले बताए । ७ वटा विजुलीका पोल अलग्गै खरिद गरि ३ सय २० मिटर तार समेत जोडेर सिंचाईका लागि समितिका नाममा सहुलियत दरको थ्री पेज मिटर खरिद गरिएको छ । सिंचाई आयोजनाका लागि ग्याविन ८ वटा भरिएको छ । कृषकहरुले प्रयोग गरेको अवस्थाको मात्रै प्रति युनिट २.४० पैसा भुक्तानी गर्नु पर्नेछ । दिगो ब्यवस्थापनका लागि अलग्गै कोष निर्माण गर्ने र रोपनीका आधारमा कृषकहरुले दामासाही रकम संकलन गरेर विजुलीको पैसा तिर्ने, रेखदेख गर्नेलाई केहि रकम दिने र अन्य ब्यवस्थापनका लागि खर्च गर्ने योजना तय गरेको छ ।

सिंचाईका कारण निर्माण कै क्रममा उत्पादनमा ४० प्रतिशत बृद्धी भएको समितिका सचिव रामहरी तिमल्सिनाले बताए । उत्पादन बढाउन सिंचाई आयोजना महत्वपूर्ण रहेको उनले बताए । आयोजनाको हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले आयोजना निर्माण गरी संचालनमा आएकोमा धन्यवाद र बधाई दिदै नियमित ब्यवस्थापन र दिगोपनामा समुदायले ध्यान दिन अनुरोध गरे । उक्त आयोजनाले कृषकहरुलाई उत्पादन बृद्धी र ब्यवसायीकरणमा थप सहयोग पुग्ने बताए । बेथान्चोक गाउँपालिकाका विभिन्न वडामा विभिन्न क्षेत्रबाट लिफ्टिङ्ग सिंचाई शुरु भएको अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाका सबै जमिनहरुमा सिंचाई गर्न सहज पु¥याउन गाउँपालिकाले आवश्यक सहजिकरण गरिरहेको उनले बताए । कार्यक्रममा उपाध्यक्ष तारा रानाले कृषिमा आधुनिकिकरण, बैज्ञानिकीकरण र प्रविधीकरण गर्न सिंचाई महत्वर्पूण भएको बताईन् । ‘कृषिका लागि सिंचाई रक्तसञ्चार जस्तै हो’–उपाध्यक्ष रानाले भनिन–‘कृषिको रक्त संचार कृषकहरुको जीवन स्तर उकास्ने रक्तसंचार हो । यसलाई अझै ब्यवस्थित र दिगोपना दिन हामी सबैको उत्तिक्कै समन्वय र सहयोग आवश्यक छ ।’

कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले ग्रामिण विकास संस्थाले विभिन्न वडाहरुमा गरेका विविध कृयाकलापले बेथान्चोकबासीहरु लाभान्वित भएको बताउँदै सिंचाई, कृषि उपज बजारीकरणमा सहजताका लागि महिलाहरुको सहकारीलाई सवारी साधन, कृषिका विभिन्न उपजहरुको ब्यवसायीक खेति तथा अन्य विषयमा ध्यान दिएकोमा बधाई दिदै दिगोपना र निरन्तरताका लागि उपभोक्ताहरु सक्रिय हुनु पर्ने बताए । वडा अध्यक्ष कुवेर ढकालले वडा नम्वर ३ लाई कृषिको ब्यवसायीकरण गर्ने सन्र्दभमा सिंचाई आयोजना महत्वपूर्ण भएको बताए । सिंचाई कार्यक्रमबाट नियमित भन्दा धेरै ब्यवसायीक उत्पादन गरी त्यसको लागत उठाउन मात्रै नभई दिगोपना र ब्यवसायीकरणमा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा ग्रामिण विकास संस्थाका अध्यक्ष गिता शर्मा, सल्लाहकार मुरली शर्मा, कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बेथान्चोक गाउँपालिकामा संचालित विविध कार्यक्रमहरुले नागरिकहरुको जीवन स्तर उकास्न मद्दत पुगेको बताए । कार्यक्रममा समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, सचिव रामहरी तिमल्सिना, एईआईएन नेपालका प्रतिनिधीहरु, वडा सदस्यहरु, उपभोक्ताहरु, संस्थाका सल्लाहकारहरु बलराम तिमल्सिना, अर्जुन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम ओमप्रसाद तिमल्सिनाले संचालन गर्नु भएको थियो ।