होमस्टे,होटल कुक हस्पिटालिटि तालिममा सहभागिलाई प्रमाण पत्र वितरण

धुलिखेल/ उधोग तथा वाणिज्य कार्यालयको आयोजनामा होमस्टे, होटल कुक हस्पिटालिटि (इन्र्टन सहित) सम्बन्धि २१ दिने तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरेका छ ।

कार्यलयका प्रमुख यज्ञ बहादुर वलिले गत जेठ २१ गते बाट शुरु भएको उक्त तालिममा असार १६ गते समापन पछि तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका हुन् । वललीले तालिममा सिककेका विषयहरुलाई ब्यबहारमा उतारी ब्यबसायीक बन्न अनुरोध गरेका थिए । आफु ब्यबसायी बन्नका लागी तालिमको ठुलो महत्व रहेको छ । उक्त तालिलमा कुनै उमेर समुह नतोकी तालिम प्रदान गरेको वलीले बताए । उद्योग तथा वाणिज्य कार्यालयले काभ्रेमा विभिन्न खालका तालिम प्रदान गर्दे आएको बताए ।

तालिम पश्चात तालिममा सहभागिहरुले ब्यबसाय दर्ता र उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गर्न उद्योग कार्यालयले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा होमस्टे वागमती प्रदेश महासघंका सचिब माधब श्रेष्ठ, सदस्य सञ्जय तामाङ, उद्योग तथा वाणीज्य कार्यालयका लेखा प्रमुख ईश्वर कुमार पाण्डे, कार्यलयका रविन्द्र प्रसाद चौलागाई, प्रशिक्षक लक्ष्मीराज शाह, चेष्टा साप्ताहिहका सह सम्पादक लक्ष्मण तिमीलसना लगाएतको सहभागिता रहेको थियो ।

तालिममा १९ जनाको सहभागिता रहेको थियो । तालिम बनेपाको होटल हस्पिटालिटि म्यानेजमेन्ट टे«निङ सेन्टरमा भएको थियो ।