बनेपा वडा नम्बर ५ मा बाख्राका पाठी वितरण

बनेपा/ बनेपा नगरपालिका वडा नम्बर ५ का गृहणी महिलाहरुलाई उन्नत जातका बाख्राका पाठी वितरण गरिएको छ ।

बागमती प्रदेश सााजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको साझेदारीमा उक्त वडाका गृहणी महीला ३० जनालाई उक्त बाख्राको पाठी वितरण गरीएको वडा अध्यक्ष बलराम अधिकारीले बताए । बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले महिलाहरुको आर्थिक स्तरोन्तीका लागी नगरपालिकाले उक्त कार्यक्रम ४ वटा वडामा सञ्चालन गरिएको बताईन ।

वडा नम्बर ३, ५, ७ र १० मा ब्युटि पार्लर, मौरी पालन, सिलाई कटाई, कृषि तालिम लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको सापकोटाले बताईन् । आगामी आर्थिक वर्ष नगरका सबै वडामा उक्त कार्यक्रम लागु हुने सापकोटाले वताईन भने नगरपालिकाले महिला शसक्ती करण कार्यक्रम अन्र्तगत महिला दिदिबहिनिहरुलाई शिप सिकी आत्ननिर्भर बन्न उक्त कार्यक्रमले सहज पुग्ने सापकोटाले वताईन् ।

कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारीले बाख्राका पाठी ३० जनालाई वितरण गरिएको, केहि समय अघि मात्रै चल्ला वितरण गरिएको, विभिन्न सिपमुलक तालिम, महिलाको क्षमता र नेतृत्व विकास तालिम, कौशी खेती तालिम तथा विउ वितरण लगाएत आत्मनिर्भर बन्ने उदेश्यले विभिन्न कार्यक्रम गर्दे आएको अधिकारीले बताए । कार्यक्रममा महिला तथा जेष्ठ नागरिक विकास शाखा अधिकृत बिजया सुबेदी, वडा सदस्यहरु, वडा सचिब लगाएतको सहभागिता रहेको थियो ।