कार्तिक २ देखि ८ सम्म बेथान्चोकमा आयोजना गरिएको श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सवको भब्य तयारी

बेथान्चोक/बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा आगामी कार्तिक २ गते देखि ८ गतेसम्म श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सवको तयारी तिब्र पारिएको छ । बेथान्चोक गाउँपालिका वडा नम्वर २ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर तथा आसपासका क्षेत्रमा उक्त कार्यक्रम सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको छ । 

श्रीमदतारतम सागर १०८ पाठ पारायण एवं श्रीकृष्ण कथा ज्ञान महायज्ञ श्रीकृष्ण प्रणामी धर्म जागनीमहोत्सव२०८१ सम्पन्न गर्न १ हजार ८ सदस्यीय मुल समारोह समित गिता शर्माको अध्यक्षतामा गठन गरिएको थियो । उक्त समिति अन्र्तगत रहने गरी २१ वटा उप समिति गठन भई सबै उप समितिले तयारीलाई तिब्र बनाएका छन् । २१ सदस्यीय कार्य सम्पादन समिति गठन भएको छ । ‘बेथान्चोक गाउँपालिकालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न उक्त कार्यक्रम महत्वपूर्ण ठानिएको छ’–मुल समारोह समितिका अध्यक्ष गिता शर्माले भनिन–‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट बेथान्चोक गाउँपालिकामा उक्त कार्यक्रममा आउने सहभागिहरुलाई बेथान्चोक गाउँपालिकाका पर्यटकिय क्षेत्रका बारेमा विस्तृत जानकारी गराउने, सम्भव भएका स्थानहरुसम्म पुग्न प्रेरित गर्ने तथा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्य समेत जागनी महोत्सवले पुरा गर्नेछ ।’

देश भित्र र बाहिरबाट आउने पाहुनाहरुको ब्यववस्थापनका लागि अलग्गै तयारी गरिएको छ भने कथा पाठ पारायणका लागि पनि तयारी गरिएको छ । पार्किङ्ग लगायतका अन्य ब्यवस्थापन पनि शुरु गरिएको छ । बेथान्चोक गाउँपालिकामा रहेका होमस्टेहरुलाई उक्त महोत्सवमा भरपुर प्रचार प्रसारका साथै उपयोगमा ल्याउने गरी छलफल प्रारम्भ भएको छ । ब्यक्तिका घर घरमा पाहुनाहरु राख्ने गरी छलफल भएको छ । विद्यालय तथा विभिन्न सामाजिक संघ संस्थाहरुलाई समेत महोत्सव सफल बनाउन आब्हान गरिएको छ । सोहि अभियान अन्र्तगत पार्वती बहुमुखी क्याम्पसका प्रमुख राजेश तिमल्सिना, पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा लगायतलाई विद्यालय क्षेत्रको प्रयोग तथा त्यसको ब्यवस्थापनका लागि सहिजकरणका लागि अध्यक्ष गिता शर्माले अनुरोध गर्नु भएको छ । त्यस्तै गाउँपालिकाले सिंगो ब्यवस्थापन तथा प्रचार प्रसारका हिसावले उक्त कार्यक्रमलाई महत्वपूर्ण अवसर बनाउन गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई समेत अनुरोध सहितको अनुरोध गरिएको छ । 
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले उक्त महोत्सवलाई बेथान्चोकको पर्यटन बृद्धी हुने गरी आवश्यक कार्य गर्न समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता ब्यक्त गरे । बेथान्चोकमा विभिन्न धर्म तथा समुदायका ब्यक्तिहरु छन् । सबै समुदायका ब्यक्तिहरुले उक्त कार्यक्रमलाई बेथान्चोकको गौरवका रुपमा सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।