एसईई नतिजाः काभ्रेका १८ वटा विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण, १३ विद्यालय शुन्य (सूची सहित)

मोतीराम तिमल्सिना
धुलिखेल
एसईई २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १६ माध्यमिक विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय ५१ जना परीक्षामा सहभागि भएका मध्ये २ हजार २ सय १ जना अनुर्तिण भएका छन् ।बनेपा नालामा रहेको लिंकन इङ्गलिस स्कुलकी छात्रा स्मृति श्रेष्ठ ४ जिपिए ल्याएर जिल्ला प्रथम भईन् ।

सामुदायिक तर्फका २ र नीजि तर्फका १६ गरी १८  विद्यालयका विद्यार्थीहरु शतप्रतिशत विद्यार्थी उर्तिण भएका हुन् । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ मा रहेको सामुदायिक विद्यालय बुद्ध हिमालय र बनेपा ६ मा रहेको संस्कृत विद्यालय नैमिषारन्यबाट सहभागि विद्यार्थी शतप्रतिशत उर्तिण भएका छन् ।

संस्थागत तर्फ नवरत्न, लिन इन्टरनेशनल, डिभाईनलाईट, सरस्वती शिक्षा सदन, बामगती ईङ्गलिस स्कुल, न्यू लिटिल स्टार, ग्रेसल्याण्ड, इन्द्रेणी विद्या मन्दिर, बाल विकास विद्याश्रम, रामभक्त मेमोरियल, विकटेश्वर, इम्मानुयल, पनौती इङ्गलिस स्कुल, मण्डन भ्याली बोर्डिङ्ग, आर्दश विद्या, मन्दिर,ज्ञान सरोबर बनेपाले शतप्रतिशत विद्यार्थी उर्तिंण गराएका छन् ।

चक्रेश्वर मावी, बेथान्चोक, ज्योती मावी, महाभारत, बागदेवी मावी, भुम्लु, बालविकास मावी, खानीखोला, बुद्ध मावी, खानीखोला, भुृकटी मावी, खानीखोला, शारदा मावी, खानीखोला, धार्नेज्योती मावी, खानीखोला, नागदेवी मावी, जोगेश्वर मावी, दुग्धेश्वर मावी, देविस्थान मावी, काभ्रे बहिरा मावीबाट शुन्य विद्यार्थी उर्तिण भएका छन् । शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप सचिव देवका ढकालले एसईई परीक्षाको परिक्षाफल सार्वजनिक भएसँगै काभ्रेपलाञ्चोक जिल्लाका विद्यार्थीहरुको उपलब्धी स्तरको ब्यवस्था अनुसार तथ्यांक विश्लेषण गर्ने कार्य जारी रहेको बताईन् । विभिन्न पालिकाबाट सहभागि भएका विद्यार्थीहरुको ग्रेड, नन ग्रेड तथा अन्य विषयमा विश्लेषणात्मक तथ्याङ्क तयार गर्ने कार्य भईरहेको कार्यालयले बताएको छ ।
जिल्लाको खानीखोला गाउँपालिका ८ वटा मध्ये ५ वटा विद्यालय शुन्य भएका छन् ।बालविकास मावी, बुद्ध मावी, भुृकटी मावी, शारदा मावी, धार्नेज्योती मावी, खानीखोला शुन्य भएका हुन् । जनविकास मावी, जनहित मावी र कुमारी मावीमा थोरै विद्यार्थी उर्तिण भएका छन् । गाउँपालिका भित्रका १ सय ४८ जना विद्यार्थी मध्ये १७ जना मात्रै पास भएका छन् । १ सय ३१ जना फेल भएका छन् । कुल प्रतिशत ११.४९ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन् । पास भएका विद्यालयमा पनि जनविकास माविमा ४० मध्ये ८ जना पास भएका छन् । जनहितमा १४ मध्ये ४ जना पास भएका छन् । कुमारीमा २१ मध्ये ५ जना पास भएका हुन् ।

भुम्लु गाउँपालिकामा बागदेवी मावी शुन्य विद्यार्थी उर्तिण । ८ जना सहभागि थिए । अन्य सेतिदेवी मावी भुम्लु ४ याक्पामा १६ जनामा १४ जना पास भए । अन्य ८ वटामा १० जना पनि उर्तिण हुन सकेनन् । सेतीदेवी मावी रिठ्ठेमा १८ जनामा ६ जना उर्तिण भए । प्रकाश मावी भुम्लुमा ३३ जनामा ४ जना उर्तिण भए । जनता मावीमा २३ जनामा २ जना उर्तिण भए । दुलालेश्वर मावीमा ३५ जनामा १ जना उर्तिण भए । वनदेवी मावीमा १५ जनामा ९ जना उर्तिण भए । अरुणोदयमा २२ जनामा २ जना उर्तिण भए । शारदा मावीमा ११ जनामा १० जना उर्तिण भए । सेतिदेवी भुम्लु ४ मा १४ जनामा २ जना मात्रै उर्तिण भए ।

बेथान्चोकको चक्रज्योती मावी शुन्य विद्यार्थी उर्तिण । १२ जना थिए । बेथान्चोक गाउँपालिकाका १० मध्ये अधिकांश विद्यालयको परिक्षाफल कमजोर रह्यो । भैरवमा १० जनामा ३ जना उर्तिण भए । पार्वतीमा ३९ मा २३, कृष्णगोपालमा २२ जनामा ८, भुमिमातामा १२ मा १०, कालिकामा १३ मा ४, सरस्वतीमा १९ मा २, भिमसिनेश्वरमा ८ मा ५, आत्माविकासमा २४ मा २ र सरस्वतीमा ३४ मा ३ जना उर्तिण भएका छन् ।
महाभारत गाउँपालिकामा ज्योती मावीमा शुन्य विद्यार्थी उर्तिण भएका छन् । ८ वटा विद्यालयमा १ सय १८ मध्ये २७ जना मात्रै उर्तिण भएका छन् । गोकुलेमा ५ मा ४, भैरवमा १७ मा ५, जनकल्याणमा १० मा ६, जनमोहनमा २६ मा ३, सिद्धेश्वरमा ७ मा १, ग्रामोन्नतीमा ३८ मा ७, कालीदेवीमा ८ मा १ र ज्योतीमा ७ जनामा कोहि पनि उर्तिण हुन सकेन ।

बनेपा नगरपालिकाबाट जिल्लाकै सबै भन्दा धेरै सामुदायिक तर्फका ३ सय ४२ जना विद्यार्थी सहभागि भएकोमा १ सय ७७ जना मात्रै उर्तिण भए । १ हजार ७८ जना संस्थागत विद्यालयका विद्यार्थी मध्ये ९ सय ७८ जना मात्रै उर्तिण भए । खुल्ला विद्यालयका १ सय ९१ जना मध्ये ३८ जना मात्रै उर्तिण भए । १ हजार ६ सय ११ मध्ये ११ सय ९३ जना उर्तिण भएका छन् । काभ्रे बहिरा विद्यालयका सबै विद्यार्थी फेल भएका छन् ।
चौरीदेउराली गाउँपालिका १० वटा मध्ये एउटा विद्यालयले शतप्रतिशत विद्यार्थी उर्तिण गराएको छ । २ सय ५६ जना विद्यार्थीहरु मध्ये ८९.४५ प्रतिशत विद्यार्थी उर्तिण भएको पालिकाले जानकारी दिएको छ । पनौती नगरपालिका ९ सय १३ मध्ये ६ सय ७७ विद्यार्थीहरु उर्तिण भएका छन् । २८ वटा माध्यमिक विद्यालयबाट विद्यार्थीहरु सहभागि भएका थिए । धुलिखेल नगरपालिकाबाट १८ वटा विद्यालयबाट ५ सय २७ मध्ये ३ सय ६० जना विद्यार्थी उर्तिण भएका छन् । १८ वटा विद्यालयबाट परीक्षामा विद्यार्थीहरु सहभागि भएका थिए । मण्डनदेउपुर, पाँचखाल, रोशी, तेमाल, नमोबुद्ध लगायतका पालिकाका विद्यालयहरुको अवस्था पनि कमजोर देखिएको छ ।

जिल्लाबाट ८० र सो भन्दा माथी ९० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.६–४.० ल्याउने ३ सय ९५ जना छन् । उत्त उर्तिण प्रतिशतलाई अत्युत्तम मानिन्छ । त्यस्तै ७० र सो भन्दा माथी ८० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.२–३.६ ल्याउने १ हजार १ सय ५९ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्कृष्ट मानिन्छ । त्यस्तै ६० र सो भन्दा माथी उपलब्धी प्रतिशतमा स्विकृत अंक २.८–३.२ ल्याउने १ हजार २ सय ६६ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई उत्तम समुह भनिन्छ । त्यस्तै ५० र सो भन्दा माथी ६० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक २.४–२.८ ल्याउने ६ सय ८० जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई सन्तोषजनक मानिएको छ । ४० र सो भन्दा माथी ५० भन्दा कम २.०–२.४ ल्याउनेहरु ४९ जना छन् । उक्त समुहमा उर्तिण हुनेहरुलाई ग्राहा भनिन्छ । त्यस्तै ३५ र सो भन्दा माथी ४० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक १.६–२.० ल्याउनेहरु कोहि छैनन । उक्त समुहलाई आधारभुत मानिएको थियो भने ३५ भन्दा कम ल्याउनेहरुलाई नन ग्रेडिङ्गमा राखिएको छ ।