पनौती–४ मा बालमैत्री वडा घोषणाको तेस्रो वार्षिकोत्सव मनाइयो

पनौती नगरपालिका वडा नम्बर ४ मा बालमैत्री वडा घोषणाको तेस्रो वार्षिककोत्सव मनाइएको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।
वार्षिककोत्सव कार्यक्रममा स्थानीय शासन दिगोपनाका लागि सक्रिय बाल समुह, विद्यालय स्तरीय बाल समुह, बालमैत्री शिक्षकलाई सम्मान गरिएको छ । युनिक बाल समुह डिहीगाउँ प्रथम भएको छ भने राइजिङ स्टार बाल समुह पशुपती टोल द्धितिय र मोर्डनबाल समुह बञ्जारा टोल तृतीय भएको छ ।
विद्यालय स्तरीय बाल समुह तर्फ पेश युनाइटेड बाल समुह प्रथम, अम्बिका बाल समुह द्धितिय, बालोद्धार बाल समुह, काभ्रे बाल समुह, अरुण बाल समुह तेस्रो भएका छन् भने अरुण बाल समुह चौथो भएको छ । बालोद्धार माध्यमिक विद्यालयको बालमैत्री शिक्षक मायादेवी श्रेष्ठ, अम्बिका बाल विकास आधारभुत विद्यालयका शुभद्रा कार्की, काभ्रे इङलिश माध्यमिक विद्यालयबाट निर्मला राउत, अरुणोदय आवासिय माध्यमिक विद्यालयका कृष्ण कुमार केसी, पनौती अंग्रेजी सेकेण्डेरी विद्यालयका ममता रावल, सामुदायिक बोर्डिङ स्कुलका बालमैत्री शिक्षक शुशिला केसी लाई प्रशंसापत्र द्धारा सम्मान गरिएको छ ।
वडा नम्बर ४ असार १८, २०७८ मा बालमैत्री वडा घोषणा भएको थियो । यस्तै २०८१ जेठ १३ गते बालश्रममुक्त वडा समेत घोषणा भइसकेको छ । कार्यक्रममा बोल्दै पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराले बालबालिकाको सक्रियताले थप उर्जा मिलेको बताइन् । बालबालिकाको चासो, प्रश्न र जोश जाँगरले विकास निर्माणमा सहयोग पुगेको भन्दै उप–प्रमुख बञ्जाराले भविष्य उज्वल रहेको बताइन् । उनले बालबालिका क्षेत्रको विकास नगरपालिकाले प्राथमिकतामा राखेको पनि बताएकी छन् ।
वडा अध्यक्ष दिपक दाहालले बालबालिकाको क्षेत्रमा भइरहेको कार्यक्रम सक्षम नागरिक उत्पादनमा गरिएको लगानी भएको बताए । कार्यक्रममा बालमैत्री सहजकर्ता ललिता धितालले बालबालिकाको क्षेत्रमा भइरहेका कामको बारेमा जानकारी गराएकी थिइन् । प्रजनन् स्वास्थ्य, शिक्षा, बाल समुह पुर्नगठन, मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, बालमैत्री पार्क निर्माण, क्षमता विकास, नेतृत्व विकासका काम भएको उनले बताइन् । एक वर्षमा २ सय ३० वटा कार्यक्रम भएको पनि उनले जानकारी दिएकी छन् ।
कार्यक्रममा मित्रता वडा बाल सञ्जालका अध्यक्ष पुरब बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सबिता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।



