नेपाल स्वास्थ्य प्राविधिक संघको ४६ औं स्थापना दिवस पनौतीमा

नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)ले आफ्नो ४६ औं स्थावना दिवस स्वास्थ्य उपचार शिविर तथा खाध्यान्न वितरण गरेर मनाएको छ । यही असार १६ गते पनौती नगरपालिका वडा नं. ९ त्रिवेणीघाट नजिक रहेको प्राणनाथ माईती बृद्धाश्रममा स्वास्थ्य उपचार शिविर तथा खाध्यान्न वितरण गरेर मनाइएको हो।

नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)काभ्रे जिल्ला कमिटीको समन्वयमा नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)केन्द्रीय समिति द्वारा आयोजित उक्त कार्यक्रममा ३५ जना ज्येषठ नागरिक तथा ७ जना बालबालिका सहित ४२ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण एवं चामल,आँटा,नुन लगाएतका खाध्यान्न तथा सावुन र आवश्यक्ता बमोजिम औषधी वितरण गरिएको थियो।

नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष शोभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम संविधान शभा सदश्य रामहरी सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कमला थापा वाग्ले, माहासचिव श्याम वली, उपमहासचिव गोमा घिमिरे,केन्द्रीय सचिवालय सदस्य पार्थमणी न्यौपाने तथा राजदाश काफ्लेको उपस्थिति रहेको थियो।

नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)काभ्रेका अध्यक्ष सन्दीप के.सी.ले संचालन गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्दीय सचिवालय सदस्य शरोज थापा राष्ट्रियस्वास्थ्यकर्मी महासंघ काभ्रेका जिल्ला अध्यक्ष पुरुषोत्तम तिमिल्सीना समेतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यमामा नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)काभ्रेका उपाध्यक्ष विनोद कुईकेल, कोषाध्यक्ष झलक दर्लामी, सचिव कृष्ण बहादुर आले लगाएत स्वास्थ्यकर्मीहरु विजय मगर,सुर्य बहादुर श्रेष्ठ, हेमा संग्रौला, जानुका अधिकारी लगाएतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो।

नेपाल स्वास्थ्य प्राविधिक संघ राजनैतिक सवं राजनैतिक विचारधाराका स्वास्थ्यकर्मीहरुको साझा मञ्चको रुपमा कार्य गर्ने पेशागत संगठनको रुपमा रहेको केन्द्रीय उपाध्यक्ष कमला थापा वाग्लेले जानकारी दिइन।

प्राणनाथ माईती बृद्धाश्रमको बस्तुस्थितिबारे बृद्धाश्रम सञ्चालन गरिरहेका हरी प्रशाद काफ्लेले जानकारी दिएका िथए । अनाथहरुको साथमा स्वास्थ्यकर्मीको भावनात्मक सम्वन्ध कायम गर्दै गरिएको कार्यक्रममा भावनात्मक सम्वन्ध बारे चर्चा गर्दै नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)काभ्रेले विगत बर्षहरुमा पनि बनेपामा रहेको बौद्ध बृद्धाश्रम तथा धुलिखेलको मानव समाज सेवा घर एवं धुलिखेल ३ अवस्थित अनाथ बालगृहमा रहेका बालबालिकाहरुसंग सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र उक्त कार्यलाई यस वर्ष पनि निरन्तरता दिईएको नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)काभ्रेका अध्यक्ष सन्दीप के.सी.ले बताएका छन् ।