जन्मदिनमा बालबालिकाहरुसँग नाचगान

पनौती/मानव अधिकार तथा शान्ति समाज काभ्रे शाखा र सक्रिय महिला समुह पनौतीले संस्थाका सदस्यद्धयको जन्मदिनको अवसर पारी पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको मानव कल्याण समाजद्वारा संचालित सडक मानव बालबालिकाहरुको गृहमा खाद्यान्न, फलफुल तथा स्टेशनरीका सामाग्री उपलब्ध गराएको छ ।

आर्या श्री बञ्जारा र सुमना बञ्जाराको जन्मदिनको अवसरमा संस्थाका सदस्यहरुको उपस्थितीमा उक्त गृहमा जन्म दिन मनाईएको हो ।

नेपाली काँग्रेसका नेता समेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका पुर्व सभापति मधु अचार्य, वडा नम्वर ५ का अध्यक्ष विनोद खत्री, मानव अधिकार तथा शान्तिसमाज केन्द्रिय अध्यक्ष रामकृष्ण बराल, जिल्ला अध्यक्ष श्रिया बञ्जारा, सक्रिय महिला समुहका अध्यक्ष सुमित्रा बञ्जारा लगायतको सहभागिता रहेको थियो ।

मानव कल्याण समाजले संचालन गरेका कार्यक्रम, गृहमा रहेका आश्रित बालबालिकाहरुको अवस्था तथा पछिल्ला समयक्रमका बारेमा संस्थापक रोशन ढकालले जानकारी गराए । जन्मदिनको अवसरमा गृहमा रहेका बालबालिकाहरुसँग नाचगान गरिएको थियो ।

सोहि अवसरमा स्कन परिवार, सक्रिय महिला समुह परिवार, विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुको सहभागिता रहेका थिए । गृहमा ४१ जना बालबालिकाहरु छन ।

सहभागिहरुले विभिन्न कारण सडकमा पुगेका बालबालिकाहरुलाई आश्रय दिईरहेको मानव कल्याण समाजलाई सहयोग गर्न अनुरोध गरेका थिए ।