एसईईमा काभ्रेः नीजि, सामुदायिक र प्राविधिक विद्यालयका यि हुन् उत्कृष्ट विद्यार्थी (सूची सहित)

संस्थागतमा लिंकन, सामुदायिकमा भालेश्वर र प्राविधीकमा जनक मावीका विद्यार्थी उत्कृष्ट देखिए ।

धुलिखेल/एसईई २०८० को परीक्षाफलमा काभ्रेपलाञ्चोक जिल्लाबाट उर्तिण भएका विद्यार्थीहरु मध्ये लिंकन इङ्गलिस बोर्डिङ्ग स्कुलकी छात्रा स्मृति श्रेष्ठ ४ जिपिए सहित प्रथम भईन् । 
बनेपामा रहेको प्रगति प्रभात एकेडेमीमा अध्ययनरत चन्दनी पराजुली र इनोभेटिभ एकेडेमी बनेपाका विमोचन ढकाल दुवैले बराबरी ३.९६ जिपिए सहित जिल्लामा दोश्रो भएका छन् । त्यस्तै गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश श्रेष्ठले ३.९२ जिपिए ल्याए । नेपाल पुलिस स्कुलका सम्भव अधिकारी र सिद्धार्थ मावी बनेपाका अभिषेक बञ्जाराले ३.९१ जिपिए ल्याएका छन् । 
सामुदायिक विद्यालय तर्फ भालेश्वर माविबाट अबिना कार्कीले सबै भन्दा धेरै ३.८६ जिपिए ल्याएकी छिन् । भालेश्वरकै सुशान्त हुमागाईले ३.८३ जिपिए ल्याए । प्रभा माविकी रिचा गिरीले ३.८२ प्रतिशत ल्याएकी छिन् । 
प्राविधिक तर्फ जनक मावी नमोबुद्धका कुशल खनालले ३.६८ जिपिए ल्याए । जनक मावीकै राविन यादवले ३.६६ जिपिए ल्याए । जनक मावीकै श्रीखण्डराज खनालले ३.६० प्रतिशत ल्याए भने खाँडादेवी माध्यमिक विद्यालय चौरीदेउरालीमा अध्ययन गर्ने प्रजिता श्रेष्ठले ३.६० जिपिए ल्याईन् ।