सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं / स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० र चाँदीको २० रुपैयाँ बढेर कारोबार भइरहेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।