रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न

काठमाडौं/रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ। रोट्रयाक्ट डिष्ट्रक  ३२९२ नेपाल भुटानको आयोजना तथा  रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसको आतिथ्यतामा कार्यक्रम भएको हो। 

रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसकि अध्यक्ष परिना श्रेष्ठ र रोट्रयाक्ट डिष्ट्रकका डि आर आर रोसन कार्किको संयुक्त अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२३(२४ का डिष्ट्रक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
१७ औ म्ीत्क् कार्यक्रममा रोट्रयाक्ट क्लबका अध्यक्ष , सचीव , कोषाध्यक्ष,क्लब सर्भिस डाइरेक्टर, कम्युनिटि सर्भिस डाइरेक्टर, प्रोफेसन डिभेलपमेन्ट डाइरेक्टर, द रोटरि फाउन्डेसन डाइरेक्टर, अन्य डाइरेक्टर, पब्लिक इमेज चेयर , जनरल मेम्बरहरुलाइ छुट्टाछुट्टै सेसनमा राखी रोट्रयाक्ट डिष्ट्रक ट्रेनिङ टिम र विभिन्न बिधामा अब्बल आमन्त्रित ०९ जना प्रशिक्षकहरुले तालिम प्रदान गरेको डिष्ट्रक लिडरसिप ट्रेनर अनुसा नेपालले जानकारी दिइन् । बर्ष २४(२५ लाइ प्रभावकारि रुपले अगाडि बढाउन म्ीत्क् ले महत्त्वपूर्ण भुमिका खेल्ने २४(२५ का डि आर आर बिक्रम क्षेत्रीले बताए । १७ औ म्ीत्क् एवं अवार्ड सेरेमोनिमा रोट्रयाक्ट डिष्ट्रक २३(२४ का डि आर आर रोसन कार्किले आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै बर्ष २३-२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने डिष्ट्रकका पदाधिकारीहरु , आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघ सस्था एवं ब्यक्तित्वहरु , विभिन्न रोट्रयाक्टक्लब , विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाइ सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो भने आगामी बर्षलाइ पनि अझ उत्कृष्ट बनाउन आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा बिशिस्ठ अतिथिको रुपमा बर्ष २०२४(२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचन , पुर्ब डिष्ट्रक गभर्नर सन्जय गिरि , पुर्ब डिष्ट्रक गभर्नर सन्तोष रिजाल , डिआरसिसि नारायण कृष्ण खरेल त्यसैगरी अतिथिको रुपमा दिनेश मानन्धर , दुर्गादेव सुबेदि, अमित गिरि ,रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान बर्ष २०२४(२५ का डि आर आर बिक्रम क्षेत्री , २४(२५ का डि आर आर इलेक्ट दिनेश गैरे , पुर्ब डि आर आर सुशील कुमार कार्की डिआरसि को चेयर किशोर त्रिपाठि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु , बिशिस्ट अतिथि राजेन्द्रमान शेरचन र बिक्रम क्षेत्रीले मन्तव्य राखेका थिए । बर्ष २४(२५ का डि आर आर इलेक्ट दिनेश गैरेको स्वागत, पहिलो सत्रको कार्यक्रम जुना पुन र दोस्रो सत्रको कार्यक्रम बर्ष २३(२४ का डिष्ट्रक सेक्रेटरी सुशान्त धितालको संचालनमा सम्पन्न भएको बर्ष २४(२५ का डिष्ट्रक सेक्रेटरी सुबिन खड्काले बताए । उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका १३६ क्लबहरुबाट ८१४ भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको थियो ।