पाँचखालमा बाटोमा चिप्लिएर युवकको मृत्यु

पाँचखाल नगरपालिका वडा नम्बर ४ का एक युवकको बाटोमा चिप्लिएर मृत्यु भएको छ ।

आज (वुधबार) विहान ८ बजेको समयमा पाँचखाल नगरपालिका वडा नं. ४ दनुवार टोल बस्ने यज्ञ बहादुर दनुवारको छोरा अन्दाजी वर्ष २३ का सुजन दनुवार लडेर मृत्यु भएको हो ।

गोरेटो बाटोमा अचानक चिप्लिई बेहोस भएका उनलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा १०ः५७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।