बनेपाको रेयुकाई आँखा अस्पतालमा ‘सुख्खा आँखा’को उपचारमा अत्याधुनिक मेशिनको प्रयोग

बनेपा/उपत्यका बाहिर विभिन्न जिल्लामा सेवा प्रवाहमा उत्कृष्टता हासिल गरेको बनेपाको रेयुकाई आँखा अस्पतालले आँखा सुख्खा हुँदा उपचार गर्ने मेशिन प्रयोगमा ल्याएको छ ।

नेपाल सरकारको अनुदानमा ल्याएको उक्त मेशिनले आँखा सुख्खा हुँदा यस अघि हरेक ब्यक्तिलाई प्रयोग गर्ने गरिएको आईड्रपको विकल्प सहितको उपचार गर्नेछ ।

‘आँखा सुख्खा हुँदा हरेक ब्यक्तिलाई हामीले ड्रप प्रयोग गर्ने सल्लाह दिन्थ्यौं’–डा.लिसा श्रेष्ठले भनिन–‘आँखा सुुख्खा हुने चरण अन्र्तगतको अन्तिम चरणमा यो मेशिनको प्रयोगबाट उपचार हुनेछ ।’ तीन पटकसम्म यो मेशिनको प्रयोगबाट उपचार गरे पछि ब्यक्तिमा हुने सुख्खापन कम हुन जान्छ । मेशिनले दुई तरिकाबाट उपचार हुनेछ ।दुबै तरिका ब्यक्तिको अवस्था हेरेर गर्न सकिने डा. रविन्द्र अधिकारीले बताए । मेशिनबाट निस्कने किरणबाट आँखा सुख्खा गराउने अवस्थालाई कम गराउँदै पहिलाकै अवस्थामा फर्काईन्छ । ब्यक्तिको अवस्था र परिस्थिति अनुसार उपचार गरिने डा.अधिकारीले बताए ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको उक्त अस्पतालले जिल्लाकै विभिन्न स्थानमा सेवा केन्द्र र अन्य जिल्लामा अस्पताल मार्फत नै सेवा प्रदान गरिरहेको अस्पतालका महासचिव हिरामणी शर्माले जानकारी दिए । ‘अस्पतालले बनेपाको ब्यस्त बजार जहाँ अस्पतालको शुरुवात भएको थियो’–महासचिव हिरामणी शर्माले भने–‘बालबालिका, अभिभावक, शिक्षक, विद्यार्थी, समुदायका विभिन्न वर्ग र पेशाका ब्यक्तिहरुको आँखा परिक्षण गरि आँखामा भएका विभिन्न रोगहरु पत्ता लगाईएको छ ।’

काठमाडौका सुविधा सम्पन्न अस्पतालमा उपलब्ध सेवा बनेपामादिन शुरु गरिएको छ । आँखाको मोति विन्दुको अप्रेसन फेको विधीबाट गरिन्छ ।

सुख्खा मेशिन र ओटी शैयाका लागि ५० लाख अनुदान नेपाल सरकारले उपलब्ध गराएको महासचिव शर्माले बताए । उक्त मेशिनबाट उपचार शुरु गरे सँगै विरामीहरुलाई थप आर्थिक भार नपार्ने गरी ब्यवस्थापकीय छलफल गरेको अस्पतालले जानकारी गराएको छ ।