एसईई उत्तीर्ण विद्यार्थीलाई अनेरास्ववियु काभ्रेले सम्मान सहित करियर काउन्सिलिङ गर्ने

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु काभ्रेले माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ सहित सम्मानको कार्यक्रम आयोजना गरेको छ ।

असार २५ गते बनेपामा एसईई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिए । अनेरास्ववियुले हरेक वर्ष एसएलसी÷एसईई सम्मान कार्यक्रम गर्दै आएको थियो । यद्यपी पछिल्लो वर्षमा भने कोरोना महामारी लगायतका कारण रोकिएको थियो । गत वर्षबाट फेरी निरन्तरता दिइएको अध्यक्ष गौतमले बताए । विद्यार्थीलाई थप उर्जा मिलोस् भन्ने उदेश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

सम्मान कार्यक्रममा प्रत्येक विद्यालयबाट उत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रा सहभागी हुनेछन् । यस्तै विद्यार्थीलाई देशमा नै सम्भावना देखाउने उदेश्यले एसईई उत्तीर्ण विद्यार्थीलाई करियर काउन्सिलिङ आयोजना गरिएको छ । बढ्दो विदेश मोह रोक्नका लागि पनि करियर काउन्सिलिङ प्रभावकारी हुन सक्ने अनेरास्ववियुको विश्वास छ ।