बेथानचोक गाउँपालिका जलवायुमैत्री नमुना गाउँ घोषणाको पुर्व तयारीमा

बेथान्चोक गाउँपालिकामा जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरण परियोजना: जलवायुमैत्री नमुना गाउँ घोषणाको पुर्व तयारी

मोतीराम तिमल्सिना
बेथान्चोक, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरण परियोजनाको दोश्रो चरणको कार्यक्रम अन्र्तगत शुरु गरिएका कार्यक्रम प्रभावकारी हुन थालेका छन् । ‘जलबायु अनुकुलन कार्यक्रमबाट कृषकहरु लाभान्वित हुन् भन्ने उदेश्यले संचालन भएको परियोजना प्रभावकारी देखिएको छ’– गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘यसको निरन्तरताका साथै स्थानीयहरुले सहि सदपुयोग गर्न आवश्यक छ ।’

जलबायु परिवर्तनले कृषि क्षेत्रमा पार्न थालेको प्रभाव न्यूनिकरण गर्दै कृषि पेशा सहज रुपमा अघि बढाउन बेथान्चोक गाउँपालिका वडा नम्वर ३ स्थित बोझाघारी फाँटमा लिफ्टिङ्ग सिंंचाई शुरु गरिएको छ । ६४ घर धुरीका ४ सय ३० जना प्रत्यक्ष लाभान्वित भएको उक्त सिंचाई आयोजनाबाट २ सय ८५ रोपनी जमिनमा सहज रुपमा सिंचाई पुग्नेछ । सिंचाई परियोजना सम्पन्न हुँदा ३७ लाख १३ हजार ३ सय ९२ रुपैया खर्च भएको छ । ‘युरोपेली राष्ट्र लक्जम्बर, एईआईएन नेपालको आर्थिक सहयोगमा संचालित सिंचाई आयोजना ग्रामिण विकास संस्थाले प्राविधिक सहयोग र समुदायको सक्रियतामा निर्माण भएको छ’– ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले भने–‘५ सय ४३ मिटर लामो लिफटिङ्ग सिंचाई आयोजनाले उक्त क्षेत्रका कृषक परिवारलाई जुनुसुकै अवस्थामा पनि सहज रुपमा खेति गर्न सहज बनाएको छ ।’

‘जलवायु परिवर्तन परियोजना बारे समुदायलाई सचेतना तथा अभिमुखीकरण, जलवायु परिवर्तनको प्रभावसचेतीकरण, अनुकुलन तथा न्यूनीकरण, प्रांगारिक करेसाबारी तथा बहु–बाली प्रविधि, ब्यवसायिक मौसमी तथा बेमौसमी तरकारी खेती, किवी, दाँते ओखर तथा कागतीको ब्यवसायिक फलफुल खेती, ब्यवसायिक पशुपालन सम्वन्धी तालिम प्रदान गरिएको छ’–कार्यकारी निर्देशक तिमल्सिनाले भने–‘बालीमा एकीकृत रोग/कीरा ब्यवस्थापन तथा नियन्त्रण, विद्यालय स्तरमा फोहोरमैला ब्यवस्थापन तथा विर्सजन, स्थानीय सरकारसँग नीतिगत तहमा सामुदायिक वन ब्यवस्थापन तथा सम्वद्र्धन सम्वन्धी अन्र्तक्रिया, विद्यलाय तहमा जलवायु परिवर्तन सम्वन्धी अभिमुखिकरण तथा कृषि वन अभ्यास सम्वन्धि कार्यक्रम संचालन गरिएको छ ।’यस अघि दुईवटा गाउँलाई जलवायु मैत्री गाउँ घोषणा गरिएको छ । आउने वर्ष वडा नम्वर १,२,३ र ४ का केहि गाउँहरु जलवायु मैत्री घोषणा हुनेछन् । क्रमशः सिंगो पालिकालाई जलवायु मैत्री नमुना पालिका घोषणा गर्ने परियोजनाको उदेश्य छ ।

परियोजनाले समपुरक कार्यक्रम अन्र्तगत समुदायमा आधारित खनजोत कार्यमा महिलाको कार्यभार कम गर्ने उदेश्यले ७ वटा मिनिटिलर उपलब्ध गराएको छ । बेमौसमी तरकारी खेती गर्न, थोरै ठाउँमा गुणस्तरीय उत्पादन लिन र रोग किराको उचित ब्यवस्थापन गर्न ४० वटा टनेल वितरण गरिएको छ । ४० वटा थोपा सिंचाई प्रणाली उपलब्ध गराएको छ भने १ सय १० घर परिवारमा प्रांगारिक करेसाबारी निर्माणका लागि बीउ तथा स्थानीय जैविक विषादी बनाउनका लागि ड्रम उपलब्ध गराईएको छ । उक्त कार्यक्रम प्रांगारिक करेसाबारी तथा बहु–बाली प्रणालीको विकास गर्ने उदेश्यले संचालन गरिएको हो ।

२० घरधुरीमा रोग तथा किरा नियन्त्रणका लागि स्थानीय जैविक विषादी बनाउनका लागि ड्रम, किराको लागि पासो र जैविक विषादी वितरण गरिएको छ । बालीमा एकीकृत रोग/कीरा ब्यवस्थापन प्रविधि प्रवद्र्धन गर्न उक्त कार्यक्रम संचालन गरिएको हो । ४२ घरधुरीमा गाईभैसीहरुको लागि सुधारिएको गोठ निर्माण गर्न पशु स्वास्थ्य सम्वन्धि सुधार, पिशाज संकलन गर्नका लागि सुधारिएको गोठ निर्माण गरिएको छ । स्थायी प्रकृतिका पानी पोखरीहरुको जीर्णोद्धारका लागि सिंचाई पोखरी स्थायी प्रकृतिको एउटा निर्माण गरिएको छ । स्थानीय चुल्होबाट निस्कने धुँवाको कम गर्न चारवटा गोवरग्याँसहरु निर्माण गरिएको छ ।

९ हजार २ सय ७४ वटा बृक्षारोपण गरिएको छ । हाडे ओखरको विरुवा सामुदासयक बनमा लगाईएको छ भने ९२ घरधुरीलार्य गोगन, हातिपाईले, इपिल, निमारो जस्ता घाँसका विरुवा वितरण गरिएको छ । ४१ घरधुरीलाई १ हजारवटा किवीको विरुवा वितरण गरिएको छ । ब्यवसायिक फलफुल उत्पादन अभियानका लागि उक्त विरुवा वितरण गरिएको हो ।

३१ घर परिवारलाई ३ सय वटा दाँते ओखरको विरुवा वितरण गरिएको छ । ६९ घर परिवारलाई १६ सय वटा सुन कागतीका विरुवा वितरण गरिएको छ । ११ घर परिवारलाई प्रांगारिक कृषि प्रणाली तर्फ उन्मुख गराउन बढ्दो रासायनिक मलको प्रयोग कम गराउन गड्यौला मल उत्पादन सम्वन्धि तालिम तथा सामाग्री सहयोग गरिएको छ ।

‘बेथान्चोक गाउँपालिकाको धेरै जमिनयोग्य क्षेत्र मध्ये वडा नम्वर ३ को बोझाघारी फाँट महत्वपूर्ण हो’– उपभोत्ता समितिका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले भने–‘यो क्षेत्रमा खेति गर्ने समयमा पानीको अभाव हुन थाले पछि हाम्रो अनुरोधमा ग्रामिण विकास संस्थाले सिंचाई आयोजना निर्माण गरिदिएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दर्छाै ।’ आयोजनाको मुख्य श्रोत लड्कु र नारायण खोलाको दोभान हो ।

दोभानमा बाँध बाँधिएको छ । उक्त बाँधबाट एक हजार लिटर क्षमताको कलेक्सन च्याम्बरमा पानी ल्याईन्छ । यस्ता दुईवटा च्याम्बर निर्माण गरिएको छ । जसबाट १ सय ३६ मिटर लम्बाईको जिआई र ४ सय १७ मिटर लम्बाईको एचडिपी पाईप मार्फत पानी ल्याईनेछ । एउटा इन्टेक निर्माण गरिएको छ । सिंचाई आयोजनाका लागि पम्प क्रिसिङ्ग १२ घन मिटर र एउटा पालेघर निर्माण गरिएको छ । ८ इन्चको पाईप राखिएको छ । १० वटा पाईप सपोट पिल्लर निर्माण गरिएको ग्रामिण विकास संस्थाका प्राविधिक शिवप्रसाद तिमलिसनाले बताए ।

७ वटा विजुलीका पोल अलग्गै खरिद गरि ३ सय २० मिटर तार समेत जोडेर सिंचाईका लागि समितिका नाममा सहुलियत दरको थ्री पेज मिटर खरिद गरिएको छ । सिंचाई आयोजनाका लागि ग्याविन ८ वटा भरिएको छ । कृषकहरुले प्रयोग गरेको अवस्थाको मात्रै प्रति युनिट २.४० पैसा भुक्तानी गर्नु पर्नेछ । दिगो ब्यवस्थापनका लागि अलग्गै कोष निर्माण गर्ने र रोपनीका आधारमा कृषकहरुले दामासाही रकम संकलन गरेर विजुलीको पैसा तिर्ने, रेखदेख गर्नेलाई केहि रकम दिने र अन्य ब्यवस्थापनका लागि खर्च गर्ने योजना तय गरेको छ ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आयोजना निर्माण गरी संचालनमा आएकोमा धन्यवाद र बधाई दिदै नियमित ब्यवस्थापन र दिगोपनामा समुदायले ध्यान दिन अनुरोध गरे । आयोजनाले कृषकहरुलाई उत्पादन बृद्धी र ब्यवसायीकरणमा थप सहयोग पुग्ने अध्यक्ष अधिकारीले बताए ।

गाउँपालिका उपाध्यक्ष तारा रानाले कृषिमा आधुनिकिकरण, बैज्ञानिकीकरण र प्रविधीकरण गर्न सिंचाई लगायतका जलवायु अनुकुलन महत्वर्पूण भएको बताईन् । ‘कृषिका लागि सिंचाई रक्तसञ्चार जस्तै हो’–उपाध्यक्ष रानाले भनिन–‘कृषिको रक्तसंचार कृषकहरुको जीवन स्तर उकास्ने रक्तसंचार हो । यसलाई अझै ब्यवस्थित र दिगोपना दिन हामी सबैको उत्तिक्कै समन्वय र सहयोग आवश्यक छ । ग्रामिण विकास संस्थाले संचालित कार्यक्रमहरुले बेथान्चोकलाई समृद्ध बनाउन सहयोग पु¥याउने छ ।’

गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले ग्रामिण विकास संस्थाले विभिन्न वडाहरुमा गरेका विविध कृयाकलापले बेथान्चोकबासीहरु लाभान्वित भएको बताए । सिंचाई, कृषि उपज बजारीकरणमा सहजताका लागि महिलाहरुको सहकारीलाई सवारी साधन, कृषिका विभिन्न उपजहरुको ब्यवसायीक खेति तथा अन्य विषयमा ध्यान दिएकोमापुर्व अध्यक्ष तिमल्सिनाले धन्यवाद दिगोपना र निरन्तरताका लागि उपभोक्ताहरु सक्रिय हुनु पर्ने बताए ।

वडा अध्यक्ष कुवेर ढकालले वडा नम्वर ३ लाई कृषिको ब्यवसायीकरण गर्ने सन्र्दभमा सिंचाई आयोजना महत्वपूर्ण भएको बताए । सिंचाई कार्यक्रमबाट नियमित भन्दा धेरै ब्यवसायीक उत्पादन गरी त्यसको लागत उठाउन मात्रै नभई दिगोपना र ब्यवसायीकरणमा ध्यान दिनु पर्ने बताए । बेथान्चोक गाउँपालिकामा संचालित जलवायु अनुकुलन कार्यक्रमहरु प्रभावकारी भएको वडा अध्यक्ष ढकालले बताए । ग्रामिण विकास संस्थाका अध्यक्ष गिता शर्माले बेथान्चोक गाउँपालिकालाई जलबायु अनुकुलन कार्यक्रम मार्फत कृषकहरुलाई आयआर्जनसँगै समृद्धीको यात्रामा अघि बढाउने प्रयत्न गरिएको बताईन् ।

जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरण परियोजनाले बेथान्चोक गाउँपालिकालाई जलवायु मैत्री गाउँ निर्माणमा सहयोग पु¥याएको संस्थाका सचिव खडानन्द गैतमले बताए । पालिका भित्र रहेका चोरण्डे मुलडाँडा र कामिखोरिया गाउँलाई जलवायु मैत्री गाउँ घोषणा गरिएको छ ।

बेथान्चोकका १, २, ३ का विभिन्न गाउँहरुलाई जलवायु मैत्री नमुना गाउँ घोषणा गर्ने तयारी गरिएको छ । २०७३ सालमा नेपाल सरकारले निर्दिष्ट गरेका सुचकहरुलाई पुरा गराउँदै जलवायु मैत्री गाउँ निर्माणको अभियानमा ग्रामिण विकास संस्था सक्रिय छ । जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा परेको प्रभावलाई न्युनीकरण गर्न उक्त कार्यक्रम फलदायी बनेको छ ।

जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरण परियोजना प्रवन्धक मिना बोहराले बेथान्चोक गाउँपालिकालाई जलवायु मैत्री वातावरण निर्माण गर्न शिक्षाका आधारमा, कृषिका आधारमा, जैविक विविधताका आधारमा, पानीको सन्तुलनका आधारका सुचकहरु तयार गरेको छ । यो परियोजनाले कृषि प्रणालीलाई सुधार गर्न अर्थात जलवायु मैत्री कृषि खेतिका लागि विभिन्न कार्यक्रम संचालन गरिएको उनले बताईन् ।

प्रविधि, सीप, करेसाबारीमा विभिन्न खालका तरकारीबाली उत्पादन, सिंचाईको ब्यवस्थापनका लागि प्लास्टिक पोखरी, थोपा सिंचाई तथा टनेल निर्माण, तालिम, शिक्षा, अभिमुखिकरण, माटोको उर्वराशक्ति बढाउन विषादी र रासायनिक मलको प्रयोग न्युनिकरण गर्न गड्यौला मल उत्पादन तथा प्रांगारिक मलको प्रयोगका लागि विभिन्न कार्यक्रमहरु संचालन भएको उनले बताए । बृक्षारोपण जलवायु परिवर्तन न्यूनिकरणको प्रमुख क्षेत्र भएकाले सामुदायिक वन, नीजि वनमा समेत बृक्षारोपण गरिएको बोहोराले बताईन् ।

कृषि प्राविधिक जिवन राईले बेथान्चोक गाउँपालिकाको वडा नम्वर २ र ३ मा गड्यौला मल उत्पादन शुरु गरिएको बताए । रासायनिक मलको विस्थापनका लागि प्राङ्गारिक कृषि प्रणालीको शुरुवात गर्ने उदेश्यले गड्यौला मल उत्पादन शुरु गरिएको उनले बताए । ग्रामिण विकास संस्थामा कार्यरत किशोर दाहालले बेथान्चोक गाउँपालिकाका १ देखि ४ नम्वर वडाका कृषकहरुका लागि आवश्कयताका आधारमा आयआर्जन हुने खालका विरुवाहरु वितरण गरिएको बताए । बहु–बाली उत्पादनका लागि आवश्यक पर्ने ज्ञान, सीप तथा प्रविधी र आवश्यक पर्ने अन्य सहयोग उपलब्ध गराईएको उनले बताए । एक पटक लगाईएको विरुवाहरुले धेरै वर्षसम्म फल दिने भएकाले कृषकहरुको समेत रोजाईमा पर्न थालेको उनले बताए ।

कृषक सरस्वती तिमल्सिनाले गोलभेडाको ब्यवसायीक खेति गरेको दशक पछि हाईटेक प्रविधिको टनेल मार्फत खेति गर्न पाएको बताईन् । कृषि ज्ञान केन्द्र, ग्रामिण विकास संस्था र ब्यक्तिगत लगानीमा निर्माण गरिएको टनेल भित्र फलेको गोलभेडाको मुल्य र उत्पादन धेरै भएको उनले बताईन् । बाँसको टनेलबाट भन्दा हाईटेक प्रविधिको टनेल वातावरण अनुकुलित भएको उनले बताईन् ।

अघिल्लो वर्ष नै लगानी उठिसकेकाले यो वर्षको उत्पादन मुनाफामा जाने उनले बताईन् । उत्पादन धेरै, राम्रो मुल्य र खेति गर्न पनि सहज भएकाले ग्रामिण विकास संस्थाको उक्त कार्यक्रमले आफु लाभान्वित भएको उनले बताईन् । बुह–बाली उत्पादनमा समेत टनेल प्रयोग भएको छ । गोलभोडासँगै धनियाँ, खोर्सानी तथा अन्य तरकारीहरु पनि उत्पादन भईरहेको उनले जानकारी दिईन् ।