हिजो असार २० गते एक दिनमा कोलेनिका मार्फत १६ करोड ८० लाख २२ हजार भुक्तानी

आर्थिक वर्ष २०८०/२०८१ को असार २१ गतेसम्म संघ र प्रदेश तर्फ गरी असार २० गतेसम्म कुल बजेटको १५ अर्ब ८८ करोड खर्च भएको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष सम्पन्न गर्नु पर्ने कामको भुक्तानी लिन चार दिन मात्रै समय वाँकी हुँदा खर्चको भुक्तानी गर्ने क्रम बढेको छ । दैनिक करोडौ भुक्तानी गर्ने क्रमलाई कार्यालयहरुले तिब्रता दिएका छन् । असार २० गते एकै दिन संघ र प्रदेश अन्तरगतको १६ करोड ८० लाख २२ हजार १ सय ४१ रुपैया भुक्तानी गरिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को असार २१ गतेसम्म संघ र प्रदेश तर्फ गरी असार २० गतेसम्म कुल बजेटको १५ अर्ब ८८ करोड खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले खर्च भई कागजात सबै आएका चेकहरुको धमाधम भुक्तानी भईरहेको बताए । असार २० गते प्रदेश तर्फ १३ करोड ९० लाख ५० हजार ५ सय ४ रुपैया र संघ तर्फको २ करोड ८९ लाख ७१ हजार ६ सय ३७ रुपैया खर्च भएको छ । चालु तर्फका संघको २ करोड ७१ लाख ५९ हजार ५ सय ८२ रुपैया र पुँजीगत तर्फ १८ लाख १२ हजार ५५ रुपैया खर्च भएको छ । त्यस्तै प्रदेशको चालु तर्फ ३ करोड ७८ लाख ५ हजार ८ सय ८३ र पुँजीगत तर्फ १० करोड १२ लाख ४४ हजार ६ सय २१ रुपैया खर्च भएको छ ।
असार २० गतेसम्म कार्यालयहरुले संघ तर्फ ११ अर्ब ११ करोड ८५ लाख ६१ हजार ३ सय ९९ रुपैया र प्रदेश तर्फको ४ अर्ब ७६ करोड २० लाख ९६ हजार ६ सय ३६ रुपैया गरी कुल १५ अर्ब ८८ करोड ६ लाख ५८ हजार ६५ रुपैया खर्च भएको छ ।
संघ अन्र्तगतका ५१ वटा र प्रदेश अन्तरगतका २५ वटा कार्यालय मार्फत ११ महिनामा सुस्त भएको खर्च भुत्तानी आर्थिक वर्षको अन्त्य हुने असार महिनामा तिब्र भएको छ । चालु आर्थिक वर्षका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहको आम्दानी र खर्च बाहेक संघ र प्रदेश सरकारको तर्फबाट चालु र पुँजीगत तर्फ १८ अर्ब ८१ करोड ९ लाख ५६ हजार २ सय ३२ रुपैया बजेट विनियोजन भएको थियो । संघ तर्फ १२ अर्ब २७ करोड ६० लाख ५७ हजार ३ सय २० रुपैया र प्रदेश तर्फ ६ अर्ब ५३ करोड ४८ लाख ९८ हजार ९ सय १२ रुपैया विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले जानकारी दिए ।