काभ्रेपलाञ्चोकमा ११ महिना १९ दिनमा संघ र प्रदेश सरकारलाई ३ अर्ब ६८ करोड ५६ लाख राजश्व संकलन

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाबाट २०८१ असार १९ गतेसम्म संघ तर्फ २४ वटा कार्यालयले ३ अर्ब ३४ करोड ७१ लाख १३ हजार ३ सय ९२ रुपैया राजश्व संकलन गरी पठाएका छन् भने प्रदेश तर्फ १९ वटा कार्यालयले ३ अर्ब ३३ करोड ८५लाख ७२ हजार २ सय ४२ रुपैया राजश्व संकलन गरेका छन् । दुबै तर्फको कुल राजश्व ३ अर्ब ६८ करोड ५६ लाख ८५ हजार ६ सय ३४ रुपैया संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
 
संघ तर्फ आन्तरिक राजश्व कार्यालय धुलिखेलले ३ अर्ब ८ करोड ५९ लाख ८५ हजार १ सय ३२ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा कम संघीय प्रहरी इकाई कार्यालयले ५ सय रुपैया संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ९ करोड ५० लाख ६३ हजार ५ सय ३० रुपैया संकलन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धुलिखेलले ८ करोड ७३ लाख २३ हजार ५ सय ९६ रुपैया संकलन गरेको छ । जिल्ला अदालतले १ करोड ८१ लाख ८१ हजार ९ सय ७५ रुपैया संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड ४४ लाख १ हजार ५ सय ५ रुपैया संकलन गरेको छ । सूर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाले १ करोड २२ लाख ७० हजार ३ सय ९८ रुपैया संकलन गरेको छ । शिक्षा विकास समन्वय इकाई कार्यालयले ९१ लाख ५१ हजार ५ सय ५० रुपैया संकलन गरेको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले ७३ लाख ५७ हजार ९ सय २४ रुपैया संकलन गरेको छ । 
प्रदेश तर्फका कार्यालयहरु मध्ये मालपोत कार्यालय काभ्रेले २४ करोड ९९ लाख ७९ हजार ३ सय ५६ रुपैया संकलन गरेको छ । मालपोतले संकलन गरेको राजश्वको ६० प्रतिशत स्थानीय तहमा जाने गरेको छ । प्रदेश लेखा इकाई कार्यालयले ३ करोड १ लाख ७ हजार ९ सय ५१ रुपैया संकलन गरेको छ । घरेलु तथा सानो उद्योग कार्यालयले २ करोड ३ लाख ४० हजार ३ सय ५० संकलन गरेको छ । विगत वर्ष भन्दा राजश्व संकलनमा कमि भएको कार्यालयहरुले जानकारी दिएका छन् ।