प्रेम आले एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए

नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।
शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।
तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले सूचीमा उनको नाम समावेश नगरिएको हो ।
आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।
तर पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको आलेले बताए ।
आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहने पनि उनले बताए ।
उनी मात्रै होइन साबिक पोलिटव्युरो र स्थायी कमिटीमा रहेका रामजी शर्मा, गोविन्द कोइराला, गौरा प्रसाई कोइराला, सारदा सुवेदी,कृष्ण प्रसाद सापकोटा,प्रेमनारायण पौडेल र हर्कमान तामाङ पनि बिदा भएका छन् ।