नेपाल एसविआई बैंक बनेपाका ग्राहकलाई शिर मेमोरियल अस्पतालमा उपचार सेवामा सहुलियत

बनेपा/नेपाल एसविआई बैंक लिमिटेड बनेपा शाखाले शिर मेमोरियल एडभेभेन्टिस्ट अस्पताल बनेपासँग मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि सेवामा ५ प्रतिशत छुट दिने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

एनएसबीएल डेबिट कार्ड र मोबाईल बैकिङ्ग सेवाहरु मार्फत बैकका ग्राहकहरुले उक्त सेवा प्राप्त गर्नेछन् । नेपाल एसविआई बैंकमा खाता भई सेवा लिईरहेका ग्राहकहरुका लागि प्राप्त उक्त सुविधाले थप सहयोग पुग्ने बैकले जानकारी दिएको छ ।

दुई पक्षिय समझदारी पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जी गायरेस र  बैंकका तर्फबाट प्रदेश प्रमुख विनोद कुमार ढुंगेलले हस्ताक्षर गरेका छन् ।

सोहि अवसरमा बैंकका तर्फबाट बागमती प्रदेश कार्यालयका तर्फबाट सुनिता गिरी, शाखा प्रवन्धक भुपेन्द्रमान श्रेष्ठ र अस्पतालका तर्फबाट वित्तीय प्रमुख सुर्य प्रभा शाक्य र अस्पतालका बजार प्रमुख निशा गौतम लगायतको सहभागिता रहेको थियो ।

बैंकका शाखा प्रमुख भुपेन्द्रमान श्रेष्ठले आफ्ना ग्राहकहरुलाई शिर मेमोरियल अस्पतालमा आवश्यक परेको अवस्थामा एनएसबीएल कार्ड र मोवाईल बैकिङ्ग मार्फत उक्त सेवा लिन अनुरोध गरेका छन् ।