निरन्तरको वर्षाले धुलिखेल-खावा सडक जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

रातिदेखिको निरन्तर वर्षाले धुलिखेल खावा-सडक जोखिमपूर्ण बनेको छ । निर्माणधीन सडक वर्षाले झनै जोखिमपूर्ण बनेको हो । मोटरसाइकल लगायत साना सवारी साधनलाई बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

समयमै निर्माण सम्पन्न नहुँदा उक्त मार्गमा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन । यसअघि वर्षात अघि नै काम सक्ने भन्दै राजमार्ग नै बन्द गरेर निर्माण कार्य गर्ने सहमति भएको थियो । तर अत्येन्तै सुस्त गतिमा भएको सडक निर्माणले सास्ती बढाएको छ ।