बनेपा, धुलिखेल र पनौती नगरपालिकाको समन्वय अभावमा श्रीखण्डपुर क्षेत्र डुबानमा

श्रीखण्डपुर/पनौती, श्रीखण्डपुर धुलिखेल र बनेपा नगरपालिकाले एकै साथ पुण्यमाता खोला सरसफाई नगर्दा श्रीखण्डपुर स्थित आसपासका क्षेत्रहरु डुबानमा परेका छन् ।

वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले श्रीखण्डपुर क्षेत्रमा मात्रै पुण्यमाता खोला सफा गरेर बस्ति डुबानमा पर्नबाट जोगाउन नसकिने बताए । बनेपा नगरपालिकाले आफ्नो क्षेत्रको खोला सफाई गरेको भए पनि पनौती क्षेत्रको खोला पुरिदै गएकाले श्रीखण्डपुर क्षेत्रको सम्म स्थानमा पानी जम्न थालेको हो ।

बनेपा, धुलिखेल र पनौती तीन वटै नगरपालिकाले समन्वयमा खोला सफा गरेको अवस्थामा मात्रै श्रीखण्डपुर र बनेपा क्षेत्र डुबान पर्नबाट जोगिन्छ ।
शुक्रबार दिउसोबाट परेको पानीले श्रीखण्डपुर क्षेत्र डुबानमा परिसकेको छ । केहि घण्टा थप पानी परिरहेको अवस्थामा बनेपा क्षेत्र डुबान हुनेछ । पनौतीमा जति पानी बग्नु पर्ने हो खोला पुरिएकाले बग्न सकेको छैन । त्यहि कारण उता बग्नु पर्ने पानी क्रमशः श्रीखण्डपुर, उग्रतिर्थ, बनेपा पुलबजार क्षेत्रमा जमेर बसिरहेको छ । तीन वटै नगरपालिकाका प्रमुखहरुहरुले उक्त क्षेत्र डुवान रोक्न तत्काल समन्वय गर्नु पर्ने स्थानीयहरुले बताएका छन् ।