शुक्रबार काभ्रेपलाञ्चोक जिल्लामा १४ करोड १० लाख ९३ हजार खर्च भुक्तानी

मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष सम्पन्न गर्नु पर्ने कामको भुक्तानी लिन तीन दिन अर्थात असार २४ गतेसम्मको समयवाधी वाँकी हुँदा खर्चको भुक्तानी गर्ने क्रममा उतार चढाव आएको छ ।
शुक्रबार साँझसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयको तर्फबाट संघ र प्रदेश अन्र्तगतका कार्यालयहरु अर्थात केहि स्थानीय तहमा समेत गरी १४ करोड १० लाख ९३ हजार ८ सय ९३ रुपैया खर्च भुत्तानी भएको छ । विहिबार अर्थात असार २० गते १६ करोड ८० लाख २२ हजार खर्च भुक्तानी भएको छ । विहिबारको तुलनामा शुक्रबार २ करोड भन्दा धेरैले कम भुक्तानी भएको छ । असार २१ गतेसम्म कुल बजेटको १६ अर्ब २ करोड १७ लाख ५१ हजार ९ सय २८ रुपैया खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले खर्च भई कागजात सबै आएका चेकहरुको धमाधम भुक्तानी भईरहेको जानकारी दिए । असार २१ गते प्रदेश तर्फ १२ करोड २६ लाख ५४ हजार ३ सय २८ रुपैया र संघ तर्फ १ करोड ८४ लाख ३९ हजार ५ सय ६५ रुपैया खर्च भुक्तानी भएको छ । असार २१ गतेसम्म संघ तर्फका कार्यालयहरुले ११ अर्ब १३ करोड ७० लाख ९ सय ६४ रुपैया र प्रदेश तर्फको ४ अर्ब ८८ करोड ४७ लाख ५० हजार ९ सय ६४ रुपैया गरी कुल १६ अर्ब २ करोड १७ लाख ५१ हजार ९ सय २८ रुपैया खर्च भएको छ ।
संघ अन्र्तगतका ५१ वटा र प्रदेश अन्र्तगतका २५ वटा कार्यालय र स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता, अनुदान लगायतका खर्चहरु समेत कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने गरेको छ । चालु आर्थिक वर्षका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहको आम्दानी र खर्च बाहेक संघ र प्रदेश सरकारको तर्फबाट चालु र पुँजीगत तर्फ १८ अर्ब ८१ करोड ९ लाख ५६ हजार २ सय ३२ रुपैया विनियोजन भएको थियो । संघ तर्फ १२ अर्ब २७ करोड ६० लाख ५७ हजार ३ सय २० रुपैया र प्रदेश तर्फ ६ अर्ब ५३ करोड ४८ लाख ९८ हजार ९ सय १२ रुपैया विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले जानकारी दिए ।