झमझम पानीमा एमाले नेताहरुले नालाको शेरा देखि काक्रेसम्मको सडक किनारमा गरे बृक्षारोपण

बनेपा, नाला/एमाले निकट अखिल नेपाल महिला संघ काभ्रे जिल्ला कमिटी र नेकपा एमाले बनेपा ३ नम्वर वडा कमिटीको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नम्वर ४ शेरा देखि वडा नम्वर ३ काक्रेसम्मको सडक किनारमा ७३ औ मदन भण्डारी जन्म जयन्तीको अवसरमा बृक्षारोपण गरिएको छ ।
झमझम पानीमा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री एवं सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको छ । विभिन्न जातका विरुवाहरुको रोपण गरिएको उक्त कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष राजन भुर्तेल लगायतका नेताहरु, अनेमसंघ केन्द्रिय कमिटी सचिवालय सदस्य रिता ढकाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभािगता रहेको थियो । बृक्षारोपण कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेताहरुले पानीको कुनै पर्वाह नगरी विरुवाहरु रोपण गरेका थिए ।