बागमती प्रोस्कूनका सिइओ केशव दाहाल उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित

बागमती प्रदेश बचत तथा ऋण सकारी संघ लि. (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित भएका छन ।

१०२ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघ नेपालले दाहाललाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्लले संयुक्त रुपमा सम्मान पत्र र नगद २५ हजार रुपैयाँ सिइओ दाहाललाई प्रदान गरेका थिए ।

सहकारी क्षेत्रमा लामो समयदेखि क्रियाशिल दाहालले सहकारी अभियानको व्यवसायिक विकासमा उल्लेख्य योगदान पुर्याएका छन ।