धिमे बाजा सिक्दै पनौती एपटारका युवा

पनौती नगरपालिका वडा नम्बर ४ ठाडोबाटो स्थित एपटारका युवाहरु आजभोली धिमे बाजा सिक्न व्यस्त छन् । धर्म, संस्कृति संरक्षणको उदेश्यका साथ भिमसेन धिमे खलः ले ३ महिने धिमे बाजा प्रशिक्षण सुरु गरेसँगै युवाहरु धिमे बजा बजाउन व्यस्त भएका हुन् ।
प्रशिक्षणमा २८ जना युवायुवती सहभागि रहेका सचिव दिपेश श्रेष्ठले जानकारी दिए । सँस्कृतिको संरक्षणका साथै मोवाइल गेममा झुम्मिने समयको समेत सदुपयोग भएको उनले बताएका छन् । तालिमका लागि पनौती नगरपालिका र वडा नम्बर ४ को कार्यालयले पनि सहयोगको प्रतिवद्धता जनाएको छ ।
तालिममा सहभागीहरुले धिमे बाजा प्रशिक्षणले नयाँ सीपसँगै उर्जा थपेको बताएका छन । विशेषगरी नेवार समुदायमा धिमे बाजा खुसीयाली, चाडपर्व, जात्रा लगायतका समयमा बजाउने गरीन्छ । साथै बिहे, ब्रतबन्धको समयमा पनि बाजा बजाएर देवता स्थल जाने चलन रहेको छ ।

