एमाले संसदीय दलको बैठक संसद् भवनमा सुरु

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन बानेश्वरमा जारी बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रतिनिधिसभा बैठक पनि आज बस्दै छ । सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ ।