सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । काभ्रेको महाभारत गाउँपालिका स्थित गोकुलेको भैरब माध्यमिक बिद्यालयका शिक्षक खुबनाथ दुलाल पक्राउ परेका हुन् । दुलालले स्थानीय एक महिलामाथी सार्वजनिक स्थानमा हातपात गरेर अभद्र व्यवहार गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता भएको थियो । शिक्षक दुलाललाइ अभद्र व्यवहारमा मुद्दा  दर्ता गरिएको र ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी एवं सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।