काभ्रेपलाञ्चोक जिल्लाबाट आईतबार ५३ करोड ६० लाख भुत्तानी

काभ्रेपलाञ्चोक जिल्लामा संघ र प्रदेश तर्फ आर्थिक वर्ष २०८०/२०८१ को असार २३ सम्म कुल बजेटको १६ अर्ब ५५ करोड७० लाख७६ हजार ८ सय ४६ रुपैया खर्च भएको छ ।

मोतीराम तिमल्सिना
धुलिखेल
आज असार २४ गते मध्यरातबाट सरकारले सरकारी खाता बन्द गर्दैछ । सरकारी खाता बन्द हुनु अघि चालु आर्थिक वर्षको अन्त्यसम्म गर्नु पर्ने भुत्तानीका लागि विल, भरपाई र कार्य सम्पन्न प्रतिवेदनहरु धमाधम तयार भईरहेका छन् । आईतबार काभ्रेपलाञ्चोक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ र प्रदेश तर्फका दुबै कार्यालयलाई ५३ करोड ६० लाख ९२ हजार २ सय २ रुपैया भुक्तानी गरेको छ ।

आज दिनभर मध्यरातसम्म झन्डै एक अर्ब भन्दा धेरै भुक्तानीको लागि फाईलहरु तयार भएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा संघ र प्रदेश तर्फ आर्थिक वर्ष २०८०/२०८१ को असार २३ सम्म कुल बजेटको १६ अर्ब ५५ करोड ७० लाख ७६ हजार ८ सय ४६ रुपैया खर्च भएको छ । संघ तर्फ ११ अर्ब ३७ करोड ५८ लाख २ हजार ५ सय ७६ रुपैया र प्रदेश तर्फको ५ अर्ब १८ करोड १२ लाख ७४ हजार २ सय ७० रुपैया खर्च भएको छ ।

संघको चालु तर्फ ९ अर्ब ३९ करोड ६२ लाख ६० हजार ७ सय ४७ रुपैया तथा पुँजीगत तर्फ १ अर्ब ९७ करोड ९५ लाख ४१ हजार ८ सय २९ रुपैया खर्च भएको छ । असार महिनाको २३ गतेसम्म चालु तर्फ ६९ करोड ५९ लाख १७ हजार २ सय ३२ र पुँजीगत तर्फ ३४ करोड ३५ लाख ५७ हजार ३ सय ९४ रुपैया खर्च भएको छ । असार एक महिनामा १ अर्ब ३ करोड ९४ लाख ७४ हजार ६ सय २६ रुपैया खर्च भएको छ । असार २३ गते चालु तर्फ १ करोड २६ लाख ४४ हजार २ सय ३१ रुपैया र पुँजीगत तर्फ २२ करोड ६२ लाख १९ हजार १ सय ७५ रुपैया गरी २३ करोड ८८ लाख ६३ हजार ४ सय ६ रुपैया खर्च भएको छ ।

प्रदेश तर्फ चालु १ अर्ब ४७ करोड १५ लाख ९३ हजार ७ सय ३० रुपैया तथा पुँजीगत तर्फ ३ अर्ब ७० करोड ९६ लाख ८० हजार ५ सय ४० रुपैया खर्च भएको छ । असार महिनाको २३ गतेसम्म चालु तर्फ २१ करोड ६९ लाख ३७ हजार ७ सय ७७ र पुँजीगत तर्फ ९७ करोड ९२ लाख १० हजार १ सय ९५ रुपैया खर्च भएको छ । असार एक महिनामा१अर्ब १९ करोड ६१ लाख ४७ हजार ९ सय ७२ रुपैया खर्च भएको छ । असार २३ गते चालु तर्फ ३ करोड २१ लाख ९१ हजार ८ सय ३० रुपैया र पुँजीगत तर्फ २६ करोड ५० लाख ३६ हजार ९ सय ६६ रुपैया गरी २९ करोड ७२ लाख २८ हजार ७ सय ९६ रुपैया खर्च भएको छ ।

शुक्रबार साँझसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयको तर्फबाट संघ र प्रदेश अन्र्तगतका कार्यालयहरु अर्थात केहि स्थानीय तहमा समेत गरी १४ करोड १० लाख ९३ हजार ८ सय ९३ रुपैया खर्च भुत्तानी गरेको थियो । विहिबार अर्थात असार २० गते १६ करोड ८० लाख २२ हजार खर्च भुक्तानी भएको थियो । विहिबारको तुलनामा शुक्रबार २ करोड भन्दा धेरैले कम भुक्तानी भएको थियो । असार २१ गतेसम्म कुल बजेटको १६ अर्ब २ करोड १७ लाख ५१ हजार ९ सय २८ रुपैया खर्च भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले खर्च भई कागजात सबै आएका चेकहरुको धमाधम भुक्तानी भईरहेको जानकारी दिए । संघ अन्र्तगतका ५१ वटा र प्रदेश अन्र्तगतका २५ वटा कार्यालय र स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता, अनुदान लगायतका खर्चहरु समेत कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने गरेको छ । चालु आर्थिक वर्षका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहको आम्दानी र खर्च बाहेक संघ र प्रदेश सरकारको तर्फबाट चालु र पुँजीगत तर्फ १८ अर्ब ८१ करोड ९ लाख ५६ हजार २ सय ३२ रुपैया विनियोजन भएको थियो । संघ तर्फ १२ अर्ब २७ करोड ६० लाख ५७ हजार ३ सय २० रुपैया र प्रदेश तर्फ ६ अर्ब ५३ करोड ४८ लाख ९८ हजार ९ सय १२ रुपैया विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले जानकारी दिए ।