राेशीकाे भुग्देउ खोलाले बगाउँदा एक जनाको मृत्यु

राेशी गाउँपालिका वडा नम्बर १ स्थित सानो भुग्देउ खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजे खोला तर्ने क्रममा स्थानीय ४५ वर्षीय कमल वि.क. लाई बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार कमललाई श्रीमती र छोरी संगै खोला तर्ने क्रममा बगाएको हो । आज बिहान ८:३० बजे उनको शव फेला परेको छ । शनिबार साँझ पनि राेशी ११ भ्याकुरे खोलाले दुइ जना बगाएको थियो ।