मदानी विटमा प्रकाशित समाचारप्रति रविन्द्र दुलालको खण्डन

मदानी विटमा प्रकाशित “सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ” शीर्षकको समाचारप्रति रविन्द्र दुलाल क्षेत्रीले असन्तुष्टि जनाएका छन । उनले समाचारमा भनिए जस्तो सार्वजनिक स्थानमा कुनै खालको दुर्व्यवहार नभएको भन्दै समाचारको खण्डन गरेका छन ।
दुलाले पठाएको खण्डन जस्ताको तस्तै:
श्रीमान सम्पादक ज्यू
मदानी विट डट कममा प्रकाशित सार्वजनिक स्थानमा महिलालाई अभद्र ब्यवहार गर्ने शिक्षक पक्राउ भन्ने शिर्षकमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा उल्लेख भए जस्तो सार्बजनिक स्थान भनिएको छ उक्त स्थान सार्वजनिक ठाँउ नभई मेरो निजि धारो हो । जुन दिन मेरो घरको धारामा धेरै मान्छेहरु थिए । धेरै जना जना भएको ठाउँमा कुनै त्यस्तो नियत नराखी छोरी जस्तो सम्झेर गरिएको ब्यवहार अभ्रद थिएन र होईन । सबै जनाले उनलाई जिक्याउन भनेकाले मात्रै सामान्य हिसावले गरिएको ब्यवहारलाई उचालेर, उल्टै माफि माग्दा समेत उजुरी समेत गरी थप बद्नाम गर्ने नियत राखेकाले उक्त समाचारको खण्डन गर्दछौं। समाचारमा भनिए जस्तो महिला माथि सार्वजनिक स्थानमा कुनै खालको दुब्यर्वहार नभएकाले उक्त समाचार खण्डनका लागि अनुरोध गर्दछौं।
छोरा
रविन्द्र दुलाल क्षेत्री
महाभारत