पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

बनेपा/ गए राति देखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल-८ स्थित ५० किलोमा पहिरो गएको कारण सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।

गए राती ९ : ३५ मा सडक भन्दा माथिबाट पहिरो आई अरनिको राजमार्ग अवरुद्ध भएको हो । पहिरो करिब १०० मिटर जति भएकोले अबरुद्ध सडक खुल्न अझै ४,५ घण्टा लाग्ने अनुमान गरिएको छ ।

अबरुद्ध सडक खुलाउने काम भने अहिले बिहान देखि सुरु भएको छ । सानो सवारी साधनलाई बैकल्पिक बाटोबाट पठाईएको जानकारी आएको छ ।