आज एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।