पनौती ७ का राजेन्द्र मलेसियामा एक महिना देखि सम्पर्कबिहिन, खोजीका लागि अनुरोध

बनेपा÷बैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेको पनौती नगरपालिका वडा नम्वर ७ बस्ने राजेन्द्र योञ्जन बेपत्ता भएका छन् । मलेसियामा रहेको क्याम फरेस्ट कम्पनीबाट निस्किएका डयुटी सकेर निस्किएका योञ्जन आफु बस्ने कोठामा समेत नपुगे पछि उनको खोजी शुरु भएको हो ।

एक महिना अघि देखि सम्पर्क विहिन भएका राजेन्द्र योञ्जनको खोजीका लागि मलेसियामा रहेका नेपालीहरुले नेपाली दुतावास तथा मलेसियाका विभिन्न स्थानमा अपिल गरेका छन् । नेपालमा पनि उनको खोजीका लागि विभिन्न निकायमा परिवार र आफन्तले अनुरोध गरेका छन् ।

राजेन्द्र काम सकेर निस्किए पछि कोठामा नगई अन्यत्र कहाँ गए ? किन सम्पर्कमा आएनन् ? वा उनि किन बेपत्ता हुन पुगे ? नेपालमा पनि उनको परिवार चिन्तित छ ।

नेपालमा रहेको उनको परिवार, आफन्त तथा मलेसियामा रहेका नेपालीहरुले राजेन्द्र योञ्जनको खोजीका लागि सहयोगको अपिल गरेका छन् । साथै उनलाई देख्नेहरुले राजेन्द्र योञ्जनको मलेसियामा रहेका साथी सन्तोष लामाको ह्वाटसअप नम्वर +६०१६–९७२१८५४ अथार्त नेपालमा रहेको नम्वर ००९७७–९८४७८३१७१४ नम्वरमा खवर गरिदिनु दिनु अनुरोध गरेका छन् ।