प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका २५ कार्यालयले ५ अर्ब ५१ करोड खर्च गरे

– असार २४ गते एक दिनमा ३३ करोड ४६ लाख भुक्तानी । असार महिनामा १ अर्ब ५३ करोड भुक्तानी ।

मोतीराम तिमल्सिना
धुलिखेल

बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लाका लागि विनियोजन गरेको चालु र पुँजीगत खर्च अन्र्तगतको ६ अर्ब ७२ करोड २० लाख ९८ हजार ७ सय ६३ रुपैया मध्ये ५ अर्ब ५१ करोड ३० लाख ९७ हजार ३ सय ८६ रुपैया खर्च भई १ अर्ब २० करोड ९० लाख १ हजार ३ सय ७७ रुपैया फ्रिज भएको छ ।


चालु तर्फ १ अर्ब ७५ करोड २३ लाख ८८ हजार ३ सय ५० रुपैया मध्ये १ अर्ब ५० करोड १२ लाख ३४ हजार ६स् य ४६ रुपैया खर्च भएको छ । पुँजीगत तर्फको ४ अर्ब ९६ करोड ९७ लाख १० हजार ४ सय १३ रुपैया मध्ये ४ अर्ब १ करोड १८ लाख ६२ हजार ७ सय ९६ रुपैया खर्च भएको छ ।


असार महिनामा मात्रै चालु तर्फ २४ करोड ७४ लाख ७० हजार ४ सय ७५ रुपैया चालु तर्फ खर्च भयो भने पुँजीगत तर्फ १ अर्ब २८ करोड ३२ लाख ८४ हजार ६ सय ८ रुपैया खर्च भयो । दुबै तर्फ गरी असार १ देखि २४ गतेसम्म १ अर्ब ५३ करोड ७ लाख ५५ हजार ८३ रुपैया भुक्तानी भएको छ । असार २४ गते एक दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयले ३३ करोड ४६ लाख ७ हजार १ सय ११ रुपैया भुक्तानी गरेको छ ।


प्रदेश अन्र्तगत रहेका कार्यालय मध्ये सबै भन्दा कान्छो कार्यालय यातायात ब्यवस्था कार्यालय हो । उक्त कार्यालयले पनि चालु र पुँजीगत तर्फ गरी ५५ लाख ६ हजार ६ सय ३९ रुपैया खर्च गरेको छ । २५ वटा प्रदेश सरकारका कार्यालय र नमोबुद्ध नगरपालिकालाई पुँजीगत तर्फ २४ लाख ७५ हजार ५ सय ६ रुपैया बजेट विनियोजन गरेको थियो । नगरपालिकाले उत्तः रकम सबै खर्च गरेको छ ।


जनस्वास्थ्य प्रयोगशाला, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय, मेथिन्कोट अस्पताल, शिक्षा तालिम केन्द्र, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, पनौती प्राविधिक शिक्षालय, सार्वजनिक निर्माण कार्यान्वन इकाई, शहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, मसलाबाली विकास केन्द्र, नापी कार्यालय, मालपोत कार्यालय, प्रदेश लेखा इकाई कार्यालय र जिल्ला समन्वय समितिले बजेट प्राप्त गरेका छन् । ति मध्ये जिल्ला प्रशासन कार्यालयले प्राप्त गरेको २ लाख बजेट खर्च गरेन ।