विपद्का कारण काभ्रेमा ५ दिनमा ४ जनाको मृत्यु, १ सय २२ घण्टा राजमार्गमा अवरोध

हिलो र लेदोका कारण अरनिको राजमार्गमा सवारीसाधन फसेपछि…।

विपद्का कारण पछिल्लो ५ दिनमा काभ्रेमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा ४ जनाको ज्यान गएको हो ।

असार २२ गते रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोला गर्ने क्रममा ६५ वर्षीय जालमाया रुचाल र उनको भदैनी ५ वर्षीय सेतिमाया रुचाललाई खोलाले बगाउँदा मृत्यु भएको थियो । यस्तै असार २३ गते रोशी गाउँपालिका १ स्थित सानो भुग्देउ खोला तर्ने क्रममा स्थानीय कमल विक लाई खोलाले बगाउँदा मृत्यु भएको छ । यसअघि पाँचखाल ४ दनुवार टोलका सुजन दनुवार गोरेटो बाटोमा चिप्लिएर मृत्यु भएको थियो ।

यस्तै ५ दिनमा काभ्रे जिल्ला स्थित दुई राजमार्ग १ सय २२ घण्टा अवरोध भएको छ । असार २२ गते अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–८ बाउन्न किलोमा ४ घण्टा, धुलिखेल–८ तिरतिरे धारामा १ घण्टा,भुम्लु–१० दोलालघाटमा १ घण्टा, पाँचखाल नगरपालिका ८ नम्बर वडा स्थित पचास किलोमा ८ घण्टा अवरोध भएको थियो । यस्तै सोहि दिन विपी राजमार्ग अनतर्गत रोशी–७ लासकोटमा ४८ घण्टा, रोशी–८ चारसय बेंशीमा ३ घण्टा, रोशी ११ कालढुंगामा १२ घण्टा अविरल वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।

असार २४ गते अरनिको राजमार्ग स्थित पाँचखाल ८ पचास किलोमा सुख्खा पहिरोका कारण १७ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । यस्त धुलिखेल–८ पकुचामा हिलो सडकका कारण गएरातीदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अझै (वुधबार दिउसोसम्म) सुचारु भएको छैन । १ सय २२ घण्टा अबरोध भएको राजमार्ग सुचारु गर्नका लागि ८२ जना प्रहरी खटिएका छन् ।